ट्रम्पको संकटकालबिरुद्धको प्रस्ताव प्रतिनिधिसभाबाट बहुमतले पारित, अब सिनेटमा लगिने


प्रकाशित मिति : फाल्गुन १४, २०७५ मंगलबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको राष्ट्रिय संकटकालबिरुद्ध अमेरिकी प्रतिनिधिसभा हाउस अफ रिप्रिजेन्टेटिभबाट प्रस्ताव पारित भएको छ । प्रस्तावको पक्षमा २४५ र विपक्षमा १८२ मत परेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियाली नेतासँग वार्ताका लागि भियतनाम भ्रमणमा रहेका बेला अमेरिकी संसदको तल्लो सदनबाट संकटकाल खारेज गर्ने प्रस्ताव पारित भएको हो । प्रस्तावको पक्षमा १३ रिपब्लिकन सांसदहरुले पनि मतदान गरेका छन् ।

अमेरिकी राष्ट्रपतिको भिटो पावरलाई ओभरराइड गर्नका लागि संसदबाट दुईतिहाई बहुमतले प्रस्ताव पारित हुन जरुरी छ । त्यसका लागि भने पस्तावको पक्षमा दुईदिहाई मत खस्न सकेको छैन । दुईतिहाईका लागि २९० मतको आवश्यकता छ ।

हाउसबाट पारित प्रस्ताव अब सिनेटमा पेश गरिनेछ । सिनेटमा १८ दिनभित्र उक्त प्रस्ताव मतदानका लागि ल्याउनुपर्ने प्रावधान छ । उक्त प्रस्ताव सिनेटबाट पारित भएमा राष्ट्रपति समक्ष हस्ताक्षरका लागि लगिनेछ । राष्ट्रपतिले भिटो पावर मार्फत उक्त प्रस्ताव अस्वीकार गर्ने लगभग निश्चित भएपनि अमेरिकी राजनीतिमा यो भयानक लज्जा हुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com