शियाटलबाट लस एन्जलस जाने ट्रेन ३६ घण्टादेखि ओरेगनमा फस्यो, के गर्दैछन् १८३ यात्रु ?


प्रकाशित मिति : फाल्गुन १४, २०७५ मंगलबार

हिमपातका कारण अमेरिकाको ओरेगनमा ३० घण्टादेखि १८३ जना यात्रुहरु बोकेको एमट्रयाक ट्रेन फसेको जनाइएको छ । आइतबार बेलुका ट्रेन अचानक बीचबाटोमा नै रोकिएर फसेको थियो ।

एउटै स्थानमा ३६ घण्टासम्म फसेपछि मंगलबार विहान ट्रेन चल्न सुरु गरेको थियो । तर आधा माइल चलेपछि ट्रेन पुन रोकिएको छ । आइतबार ट्रयाकमा ढलेको रुखमा ठोक्किएपछि ट्रेन बन्द भएको थियो । तर घटनाबाट कसैलाई क्षति भने पुगेको छैन ।

ट्रेनमा तापक्रम, विजुली र खाना उपलब्ध गराइएकाले ट्रेनभित्रको वातावरण पार्टीमा बदलिएको थियो । एकआपसमा नचिनेकाहरु तास खेलेर बसेका थिए, कहिले भेट नभएकाहरु खालीभागमा नाचेका थिए, टिनएजरहरुले बच्चाबच्चीलाई सुताउनका लागि ससना गितारहरु बजाएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रेन हिउँले घेरिएकाले यात्रुहरु ट्रेनबाहिर निस्कन सक्ने अवस्था भने नरहेको जनाइएको छ । कतिपय लस एन्जलस जाने विद्यार्थीहरु भने उनीहरुका प्रोफेसरले ट्रेनका कारण कक्षा छुटेको भनाई स्वीकार नगर्ने भन्दै आत्तिएको जनाइएकोछ । वैकल्पिक बाटोबाट वा अर्को ट्रेनबाट यात्रुहरुलाई ल्याउने अवस्था नरहेको एमट्याक प्रवक्ताले बताएका छन् ।

ट्रेनमा विजुली र प्रयाप्त खाना समेत भएकाले र त्यसको मूल्य यात्रुहरुलाई नतिराइने जनाइएको छ । तर मंगलबार विहान यात्रुहरुलाई उपलब्ध गराइएको ब्रेकफास्ट उपलब्ध अन्तिम खाना रहेको जानकारी गराइएको थियो । त्यसक्षेत्रमा सोमबारसम्म १० इन्चसम्म हिमपात भएको छ ।

ट्रेनमा २० जना जापानी मुलका विद्यार्थीहरु समेत रहेको जनाइएको छ । खाना उपलब्ध भएपनि ट्रेनमा बच्चाबच्चीका लागि डाइपर नभएका कारण बाबुआमाहरुलाई समस्या परेको छ । फोनहरु भने राम्रोसँग नचलेको जनाइएको छ । शियाटलबाट हरेक दिन लस एन्जलस जाने ट्रेन ११ ओरेगनमा फसेको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com