२ दिन लगाएर किम भियतानाम, २२ घण्टा लगाएर ट्रम्प पुग्दै, के के होला वार्तामा ?


प्रकाशित मिति : फाल्गुन १४, २०७५ मंगलबार

उत्तर कोरियाली नेता किम जोङ उन झण्डै ४ हजार किलोमिटरको रेलयात्रा पार गरेर भियतनाम पुगिसकेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि विशेष विमान एयरफोर्स वानमा चढेर झण्डै १३ हजार किलोमिटरको हवाई दुरी पार गरेर भियतनामको राजधानी हनोइ पुग्दैछन् ।

समयको हिसाबले किमलाई हनोइ पुग्न ट्रेनमा झण्डै दुईदिन लागेको छ भने वासिंटन डिसीबाट हनोइसम्मको हवाईयात्राको दुई पनि झण्डै २१ घण्टा रहेको छ । भियतनामको स्थानीय समय अनुशार ट्रम्प मंगलबार बेलुका हनोइ पुग्नेछन् । अर्थात् अमेरिकामा मंगलबार विहान भइसक्दा ट्रम्प हनोइ पुगिसकेका हुनेछन् ।

बुधबार र बिहिबार ट्रम्प र किमबीच दोश्रो शिखरवार्ता हुनेछ । यो वार्तालाई गतबर्ष दुईनेताबीच सिंगापुरमा भएको वार्ताको फ्लोअपका रुपमा हेरिएको छ । ट्रम्पले आफ्नो स्टेट अफ द युनियन सम्बोधनमा पनि फरबरी २७ र २८ मा आफूहरुबीच भेटवार्ता हुन लागेको खुलाएका थिए ।

अमेरिका र भियतनामबीच २० बर्ष लामो युद्ध र रक्तपातपूर्ण सम्बन्धको इतिहास रहेको छ । तर सन् १९९५ मा तत्कालिन राष्ट्रपति बिल क्लिन्टनले दुईदेशबीचको कुटनीतिक सम्बन्ध पुनस्थापना गरेका थिए । अहिले भियतनामको उत्तर कोरिया र अमेरिका दुबैसँग सन्तुलित सम्बन्ध रहेको छ ।

भियतनाममा ट्रम्प र किमले वानटुवान वार्ता समेत गर्ने भएका छन् । गत समरमा पनि दुईनेताबीच यस्तै प्रकारको वार्ता भएको थियो । ट्रम्प र किमले खाना पनि एकसाथ खाने अपेक्षा गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com