उत्तर कोरियाली नेता किम पुगे भियतनाम, रेड कार्पेटमा स्वागत


प्रकाशित मिति : फाल्गुन १४, २०७५ मंगलबार

झण्डै ४ हजार किलोमिटरको रेलयात्रा पूरा गरेर उत्तर कोरियाली नेता किम किम जोङ उन भियतनाम पुगेका छन् । उनलाई त्यहाँ रेड कार्पेटमा स्वागत गरिएको छ । यसैसाता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुने वार्ताका लागि उनी भियतनाम हुन् ।

गतबर्ष ट्रम्प र किमबीच सिंगापुरमा भएको वार्तापछिको यो दोश्रो शिखरवार्ता हुनेछ । किमको पहेंलो र हरियो ट्रेन दोङदाङमा रोकेपछि उनले हनोइको यात्रा कारमार्फत सुरु गरेका थिए । झण्डा फहराउँदै किमलाई ट्रेनबाहिर रेडकार्पेटमा स्वागत गरिएको थियो । स्वागतमा तैनाथ भींडतिर केहीबेर रोकिएपछि किम कारमा चढेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्योङयाङदेखि भियतनामसम्मका लागि किमले झण्डै २ दिन लगाएर ४ हजार किलोमिटरको यात्रा गरेका थिए । किमको ट्रेन चीनहुँदै अगाडि बढेको थियो । जहाँ किमको यात्रालाई सहज बनाउन सर्वसाधारणका लागि बाटाहरु र ट्रेन स्टेशनहरु बन्द गरिएका थिए । भियतनामको दोङदाङ स्टेशन पनि सर्वसाधारणका लागि बन्द गरिएको थियो । उक्त स्टेशनबाट किम झण्डै १७० किलोमिटरको यात्रा गरेर हनोइ पुगेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com