ट्रम्प र किम जोङको दोस्रो चरणको उच्चस्तरीय वार्ताका लागि सुरक्षा व्यवस्था कडा


प्रकाशित मिति : फाल्गुन १४, २०७५ मंगलबार

उत्तर कोरियाली नेता किम अमेरिकी राष्ट्रपति ट्रम्पसँगको दोस्रो चरणको उच्चस्तरीय वार्ताका लागी उत्तर कोरियाली नेता किम जोङ उनको आगमनका लागि भियतनाममा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

किम शनिबार नै रेल चढेर भियतनामतर्फ लाग्नुभएको हो । उहाँले साढे दुई दिनको यात्रा र करिब ४ हजार किलोमिटर यात्रा गरेर भियतनाम पुग्नुभएको हो ।

उहाँ भियतनाम सरकारको विशेष सुरक्षासहितको सवारी साधनमा भियतनामको राजधानी हनोई पुग्नुहुने पुग्नुभएको हो । उत्तर कोरियाली नेता किम अमेरिकी राष्ट्रपति ट्रम्पसँगको दोस्रो चरणको उच्चस्तरीय वार्ताका लागि हनोइ जानुभएको हो । उहाँहरुबीच यो दोस्रो पटक भेटवार्ता हुन लागेको हो ।

हनोइमा यही फेब्रुअरी २७ र २८ मा भेटवार्ता हुनेछ । अमेरिकी राष्ट्रपति ट्रम्प पनि मङ्गलबार नै हनोई पुग्ने कार्यक्रम रहेको छ । उहाँहरुबीचको पहिलो बैठक गत वर्षको जुन १२ मा सिंगापुरमा भएको थियो । सिंगापुरपछिको यो निकै चर्चित भेटवार्ता हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com