अष्ट्रेलियामा नेपाली विद्यार्थीले कस्ता काम पाउँछन् ? कति हुन्छ कमाइ ?


प्रकाशित मिति : फाल्गुन १३, २०७५ सोमबार

अष्ट्रेलिया जानुको प्रमुख उद्देश्य गुणस्तरीय उच्च शिक्षा हासिल गर्नु हो । तर शिक्षासँगै काम गर्ने र अध्ययनका लागि सहयोग होस भन्ने हेतुले केही अर्थोपार्जनका लागि लाग्नु पनि स्वभाविक हो । यस्तोमा कस्तो काम पाइन्छ त अष्ट्रेलियामा ? यो जान्नु जरुरी छ ।

अष्ट्रेलियामा नेपालमा जस्तो सानो र ठूलो काम हुँदैन । काम गर्नेले पैसा पाउँछ नगर्नेले पाउँदैन । यहाँ प्रतिघन्टाका हिसाबले पैसा कमाउन सकिन्छ । अष्ट्रेलियामा नेपालीहरुका लागि केही सिमित कामहरु छन् । जुन काममा नेपालीहरुको संख्या अधिक छ ।

क्लिनिङ :

सबैभन्दा पहिले क्लिनिङ अर्थात सरसफाई । सुन्दा सजिलो लाग्ने तर काम गर्दा भने अप्ठ्यारो हुने यो काम नेपालबाट अष्ट्रेलिया जानेका लागि पहिलो काम बन्ने गरेको छ । यस्तो काममा पैसा पनि हुन्छ । सामान्यतया यस्तो काम गरेवापत प्रति घण्टा १५ देखि २० डलरसम्म पाउँछन् । पब क्लिनिङ, अफिस क्लिनिङलगायतमा सरसफाइको काम सहजै पाइन्छ तर ठूलो मिहेनत भने गर्नुपर्छ ।

रेष्टुराँ :

क्लिनिङ पछाडि रेष्टुराँमा पनि काम पाउन सकिन्छ । कुकदेखि रेष्टुराँ सहयोगीका रुपमा थुप्रै कामहरु पाइन्छन् । जसमा प्रतिघण्टा १२ देखि १८ डलरसम्म पाइन्छ ।

असिस्टेन्ट इन नर्सिङ :

अष्ट्रेलियामा असिस्टेन्ट इन नर्सिङ एन आईका रुपमा पनि काम गर्न सकिन्छ । यसका लागि निश्चित रकम तिरेर तालिम लिनु पर्छ । तालिम पश्चात काम पाइन्छ । यो काम भनेको बुढाबुढीको हेरचाह गर्ने हो । यस्तो काम पाइएको अवस्थामा प्रतिघण्टा २४ डलरसम्म कमाउन सकिन्छ ।

कस्टमर केयर :

कस्टमर केयर पनि अर्को काम हुन सक्छ । जस्तै विभिन्न डिपार्टमेन्टल स्टोर, रेष्टुराँ, क्याफेलगायतका काम पाउँन सकिन्छ भने कफी मेकिङ, डेलिभरी, फिलिङ जस्ता काममा पनि नेपालीहरुले रोजगारी पाउँछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com