जापानी यान ‘हायाबुसा-२’ छुद्रग्रहमा सफलतापूर्वक अवतरण


प्रकाशित मिति : फाल्गुन १०, २०७५ शुक्रबार

पृथ्वीबाट करिब ३० करोड किलोमिटर टाढाको एउटा क्षुद्रग्रहको अध्ययनका लागि जापानले प्रक्षेपण गरेको यान सफलतापूर्वक उक्त ग्रहमा शुक्रबार अवतरण गरेको छ ।  हायाबुसा-२ नाम दिइएको यस उपग्रहको मद्दतबाट जीवको उत्पत्ति र सौर्य प्रणालीका बारेमा महत्वपूर्ण जानकारी सङ्कलन गर्ने वैज्ञानिकहरुले विश्वास व्यक्त गरेका छन् ।

जापानी एरोस्पेश एजेन्सी (जाक्सा) का वैज्ञानिकहरुले हायाबुसा-२ उपग्रह सफलतापूर्वक छुद्रग्रहको सतहमा अवतरण गरेको बताएका छन् । छुद्रग्रहको सतहमा यान ओर्लिएको सूचना प्राप्त गरेसँगै ज्याक्सा केन्द्रमा कार्यरत बैज्ञानिकहरुबीच खुशीयाली छाएको थियो । ‘यान सफलतापूर्वक छुद्रग्रहमा अवतरण गरेको छ,’ ज्याक्साकी प्रवक्ता चिस्तो इकुताले घोषणा गर्नुभएको थियो । उहाँले नियन्त्रण कक्षमा हायाबुसा २ ले पठाएका सङ्केतहरु प्राप्त हुन थालेको र त्यो ठीकठाक रहेको पनि जानकारी दिनुभयो ।

वैज्ञानिकहरुले यानले पठाउन थालेका तथ्याँकहरु सङ्ग्रह र विश्लेषण गर्न थालेको पनि इकुताले बताउनुभयो । ‘म अहिले साँच्चिकै चिन्तामुक्त भएको छु, ‘हायाबुसा-२ को अभियानका व्यवस्थापक माकाटो योशिकावाले बताउनुभयो । उहाँले अन्तरिक्ष उडानमा यो निकै जटिल प्रक्रिया रहेपनि सबै कार्य सहजरुपमा सम्पन्न भएको बताउनुभयो । ‘मेरो विश्वासमा खगोल विज्ञानमा यो अर्को महत्वपूर्ण पाइला वा नयाँ खोज हुनेछ ।’ छुद्रग्रहमा सापेक्षित रुपमा करिब ४ अर्ब ६० करोड वर्षअघि ठूलो मात्रामा अर्गानिक बस्तु र पानी रहेको विश्वास गरिन्छ ।

हायाबुसा-२ सँगको सञ्चार सम्पर्क बेलाबखत टुटेको थियो किनभने यसको एन्टेना कहिलेकाहिँ पृथ्वीतर्फ फर्किएको हुँदैनथ्यो । तर केही समय वा केही दिनपछि पुनः विद्युतीय सङ्केतहरु प्राप्त हुन थाल्थ्यो । शुरुमा यो अभियान गत वर्ष नै सम्पन्न गर्ने लक्ष राखेर काम अघि बढेको थियो । तर छुद्रग्रहको सतहमा उबडखाबड देखिएपछि वैज्ञानिकहरुले अवतरणका लागि उपयुक्त ठाउँ खोज्न केही समय लगाएका थिए । हायाबुसा २ अभियानका लागि करिब २७ करोड अमेरिकी डलर खर्च भएको छ । यो अभियान डिसेम्बर २०१४ मा आरम्भ गरिएको थियो र यसले सन् २०२० भित्रमा पृथ्वीमा छुद्रग्रहको सतहमा भेटिएका वस्तुको नमूना सङ्कलन गर्ने समयावधि तोकिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हायाबुसा-२ ले पठाएका प्रारम्भिक तस्वीरमा छुद्रग्रहको सतह केही उबडखाबड भएको देखिएको छ । हायाबुसा-२ मा क्यामेरा र सेन्सिङ उपकरण जडान गरिएको छ । साथै, यसमा दुईवटा साना मिनेर्भा-२ रोभर रोबोट र फ्रान्सेली-जर्मनेली मास्कोट नाम गरेको रोबोट पनि रहेको छ । यी रोबोटले ग्रहको सतहका बारेमा जानकारी दिनेछन् । छुद्रग्रहबाट यी उपकरणहरुले पठाएका तथ्याँकहरु प्राप्त गर्न थालिसकेको ज्याक्साले जनाएको छ । करिब १० केजीको मास्कोट रोबोटमा सेन्सरहरु जडान गरिएको छ र यसले सतहका तस्वीरहरु खिच्ने, माइक्रोस्कोपको मद्दतबाट खनिजहरुको अनुसन्धान गर्ने, सतहको तापक्रम र चुम्बकीय अवस्थाको मापन गर्नेछ ।

ठूलो फ्रिज आकारको हायाबुसा-२ मा सौर्य प्यानल जडान गरिएको छ । जापानी भाषामा हायाबुसाको अर्थ ‘बाज’ हो । सन् २०१४ मा जापानले पहिलोपटक हायाबुसा सफलतापूर्वक प्रक्षेपण गरेपनि त्यसले छुद्रग्रहका बारेमा पर्याप्त जानकारी संकलन गर्न सकेको थिएन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com