ट्रम्पबाट घोषित संकटकाल खारेजीका लागि संसदमा मतदान हुँदै


प्रकाशित मिति : फाल्गुन १०, २०७५ शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट घोषित संकटकाल खारेजीका लागि प्रतिनिधिसभामा रिजोलुसनमा मतदान हुने भएको छ । प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलासीले संसद सदस्यहरुलाई रिजोलुसन पारित गर्न अनुरोध गर्दै पत्राचार गरेकी छिन् ।

डेमोक्र्याट्सहरुको बहुमत रहेको प्रतिनिधिसभाबाट उक्त रिजोलुसन सहजै पारित हुने अनुमान गरिएको छ । शुक्रबारसम्म रिजोलुसनमा मतदान हुने र पारित हुने अपेक्षा गरिएको छ ।

प्रतिनिधिसभाबाट पारित रिजोलुसन अमेरिकी सिनेटमा पेश हुनेछ । कानुन अनुशार सिनेटमा १८ दिनभित्र मतदान गर्नुपर्ने हुन्छ । सिनेटमा ४७ जना डेमोक्रेटिक सांसदहरु रहेका छन् । तर केही रिपब्लिकन सांसदहरुले रिजोलुसनका पक्षमा मतदान गरेमा भने यो हस्ताक्षरका लागि ट्रम्प समक्ष पुग्नेछ ।

ट्रम्प समक्ष पुगेमा ट्रम्पले भिटो लगाएर हस्ताक्षर गर्न अस्वीकार गर्न सक्ने सम्भावना रहेपनि यो उनका लागि ठूलो लज्जा सावित हुने अनुमान गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com