साउदी राजकुमारलाइ विमानस्थलमै अंगालो हाले मोदीले, भारत र पाकिस्तान विचको तनाव कम गर्ने


प्रकाशित मिति : फाल्गुन ८, २०७५ बुधबार

पाकिस्तानको भ्रमण सकेलगत्तै साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमान भारत भ्रमणका पुगेका छन् । मं‌गलबार राति भारत पुग्नेबित्तिकै प्रधानमन्त्री नरेन्द्र मोदीले प्रोटोकल तोड्दै पालम विमानस्थलमा स्वागत गरे ।

राजकुमार सलमान जहाजबाट ओर्लिनेबित्तिकै मोदीले अंगालो हालेर उनको स्वागत गरे । मोदीले सलमानलाई विमानस्थलमै पुगेर स्वागत गरेपछि भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेसले भने पोर्टोकल तोडेको भन्दै चर्को आलोचना गरेको छ ।

विमानस्थलमा अंगालो हालेका मोदीले त्यसपछि बुधवार राष्ट्रपति भवनमा औपचारिक स्वागतका क्रममा फेरि पनि अंगालो हाल्न भ्याए । मोदीको यो क्रियाकलापलाई कांग्रेसका प्रवक्ता रणदीप सुरजेवालाले पाकिस्तानलाई सहयोग गरिरहेको साउदीका राजकुमारको स्वागतमा मोदीले सबै किसिमका मर्यादा तोडेको भन्दै कटाक्ष गरेका छन् ।

‘राष्ट्रहितका लागि अंगालो हाल्ने मोदीको नीति : जुन साउदी अरेबियाले पाकिस्तानलाई २० अर्ब डलर दिँदै प्रशंसा गरेको छ, उसैका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले पोर्टोकल तोडे । के पुलवामाका सहिदहरुलाई सम्झिने तरिका यही हो ?’, ट्विट गर्दै सुरेजावालाले भनेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भारत आउनुअघि साउदी राजकुमारले पाकिस्तानको भ्रमण गरेका थिए । जहाँ उनले पाकिस्तानको प्रशंसा गर्दै २० अर्ब डलर सहयोग घोषणा गरे । यसका अलावा उनले आफूलाई साउदी अरेबियामा आफू पाकिस्तानको ब्रान्ड एम्बेसडर रहेको पनि घोषणा गरे ।

भारत–पाकिस्तान तनाव कम गर्ने साउदीको प्रयास

साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमानले भारत र पाकिस्तानबीच तनाव कम गर्ने प्रयास गर्ने बताएका छन् ।

मोहम्मद बिल सलमान मंगलबारदेखि भारत भ्रमणमा छन् । त्यसअघि उनी पाकिस्तान पुगेका थिए ।

कश्मीरको पुलवामा जिल्लामा भएको चरमपन्थी आक्रमणलाई लिएर भारत र पाकिस्तानबीच तनाव बढ्दो छ ।

४० जनाको मृत्यु हुने गरी भएको यो घटनामा भारतले पाकिस्तानलाई दोषी ठहराएको छ भने पाकिस्तानले भारतले सैन्य आक्रमण गरे जवाफ दिने चेतावनी दिएको छ ।

साउदी अबरका विदेशमन्त्री आदिल अल जुबैरले भनेका छन् कि साउदी अरबको उद्देश्य दुबै छिमेकी देशबीच तनाव कम गर्ने प्रयास गर्ने र मदभेद शान्तिपूर्ण तरिकाबाट हल गर्ने बाटो खोज्ने हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com