अष्ट्रेलियाको आकाशमा आज आज सुपरमुन उदाएको छ । अष्ट्रेलियाको आकाशमा आज चन्द्रमा सधैभन्दा १४ प्रतिशत ठूलो र ३० प्रतिशत चम्किलो रुपमा उदाएको हो ।
सुपरमुनलाई नाङ्गो आँखाले नहेरेर टेलिस्कोप र नभएमा चस्मा मात्रले भएपनि हेर्नुपर्ने विज्ञहरुले बताएका छन् । चन्द्रमा आज एकदमै चम्किलो हुने भएका कारण नाङ्गो आँखाले हेर्दा आँखामा असर पर्न सक्ने बताइएको छ ।
चन्द्रमा आज अष्ट्रेलियाको आकाशमा ८ : १५ सम्ममा सबै शहरमा उदाइसकेको थियो । तर सुपरमुनको पूरा रुप भने राती २:५३ मा देख्न सकिने बताइएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।