अष्ट्रेलियाको भिसा बिना नै अष्ट्रेलियामा १८ वर्ष बसे एक भारतीय


प्रकाशित मिति : फाल्गुन ७, २०७५ मंगलबार

अष्ट्रेलियाको भिसा बिना नै एक भारतीय अष्ट्रेलियामा १८ वर्ष बसेका छन् ।

भारतका ५९ वर्षीय अवतार सिंह सन् २००० नोभेम्बरमा अष्ट्रेलिया आएका थिए । उनी भिजिट भिसामा अष्ट्रेलिया आएका हुन् । त्यसपछि उनको भिसाको म्याद अर्को वर्ष अर्थात २००१ मा सकियो । तर पनि उनले अष्ट्रेलिया छोडेनन् ।

सिंहले पहिलो भिसाको म्याद सकिएपछि भिसाको लागि निवेदन दिए, तर भिसा अस्विकार भयो । भिसा अस्विकार भएतापनि पनि उनले बारम्बार एप्लाई गरिरहे । सिंहले सबै भन्दा पछिल्लो पटक डिसेम्बर २०१७ मा एप्लाई गरेका थिए । उनले उपचार भिसा एप्लाई गरेका थिए र उपचार गर्नुपर्ने बिमारमा एन्जाईटि तथा हाइपरटेन्सन उल्लेख गरेका थिए । तर भिसाको उद्देश्यमा आशंका गर्दै उनको भिसा फेरी रिजेक्ट भयो ।

सिंहले भिसा रिजेक्टको विरुद्धमा अपिल गरे । तर २१ दिनको म्याद सकिएपछि अपिल गरिएकोले उनको अपिल खारेज भयो । त्यसपछि उनले त्यसको विरुद्धमा फेरी अदालतमा मुद्दा दायर गरे । अदालतमा पनि म्याद गुज्रिए पछि अपिल गर्नु सिंहकै गल्ती भएको भन्दै मुद्दा खारेज गरिदियो । यो संगै अदालतले मुद्दाका कारण गृह विभागको अनावश्यक खर्च भएको भन्दै सिंहलाई ३ हजार ६ सय ६७ डलर क्षतिपुर्ति भर्ने आदेश समेत दियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अष्ट्रेलियामा यसरी बस्नेहरु काम गर्दा क्यास लिएर काम गर्छन् र काममा पनि अनेक अप्ठ्यारो व्यहोर्ने गर्छन् । उनीहरु सुरक्षित रहँदैनन् । र लुकेर बसिरहेका हुन्छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com