अष्ट्रेलियामा साइबर आक्रमण,विदेशी तत्वको संलग्नताको आशंका


प्रकाशित मिति : फाल्गुन ७, २०७५ मंगलबार

अष्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनले मुलुकको संसद् तथा राजनीतिक पार्टीका कम्प्युटर सञ्जाललाई लक्षित गरी विदेशी तत्वले साइबर आक्रमण गरेको जनाएका छन् । उनले त्यस्ता साइबर आक्रमण कुनै राज्यले जानाजान गराएको समेत आरोप लगाएका छन् ।

यद्यपि त्यस्ता आक्रमणले मुलुकको लोकतन्त्र तथा निर्वाचन प्रणालीलाई प्रभावित भने गर्न नसकेको जनाएका छन् । उनले त्यस्ता आक्रमणमा कुन मुलुकको हात छ भन्ने चाहीँ खुलाएनन् ।

यद्यपि पछिल्ला केही समयमा चीनबाट त्यस्ता आक्रमण हुँदै आएको चचौ चल्ने गरेको छ । त्यस्ता साइबर आक्रमणबाट कुनै डेटा चोरी भएकोबारे स्पष्ट नभइसकेको अष्ट्रेलियन अधिकारीले जनाएका छन् ।

साइबर आक्रमणले मुलुकको राष्ट्रिय सुरक्षामा समेत चुनौति थपिएको अष्ट्रेलियन राजनीतिक वृत्तमा चर्चा हुने गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com