अष्ट्रेलियमा १ लाख डलर लाग्नेभएपछि यी अष्ट्रेलियन उपचारको लागि पुगे भारत, १२ हजार डलरमा उपचार


प्रकाशित मिति : फाल्गुन ६, २०७५ सोमबार

अष्ट्रेलियामा उपचार महँगो भएपछि एक अष्ट्रेलियन भारत गएर उपचार गराएका छन् ।

गोलकोस्टमा बस्ने निल म्याकलिनको दाँतमा समस्या थियो । दाँत किरा लागेको उपचार, दाँत भर्ने, नयाँ दाँत राख्ने आदि गर्नको लागि अष्ट्रेलियामा १ लाख डलर खर्च लाग्ने भयो ।

उपचार खर्च महँगो भएका कारण उनले दाँतको उपचार नगराई बसेका थिए । तर गत वर्ष उनको दांत बढी दुख्न थाल्यो र खाना खान नै हुन छोड्यो । त्यसपछि एकजना साथीको सल्लाहमा उनी उपचारको लागि भारत गए ।

भारतको हैदराबादमा उनी उपचारको लागि पुगे । त्यहाँ मात्र १२ हजार डलरमा उनको दाँतको सबै उपचार भयो । उपचारको लागि दुई हप्ता बसेर उनी अष्ट्रेलिया फर्किए ।

म्याकलिनका अनुसार, भारत जान आउन र बस्नको लागि तीन हजार डलर खर्च भयो । यसरि उनको उपचारको लागि १५ हजार डलर मात्र खर्च भयो । अष्ट्रेलियामा उपचार नगरेर भारतमा उपचार गर्दा उनले आफ्नो ८५ हजार डलर बचाए । अहिले आफू मुस्कुराईरहने कारण दाँत मात्र नभएर ८५ हजार डलर बचत पनि कारण रहेको उनी बताउँछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com