पुलवा हमलामा निधन भएका सैनिकका परिवारलाई अक्षयको ५ करोड सहयोग


प्रकाशित मिति : फाल्गुन ६, २०७५ सोमबार

बलिउड नायक अक्षय कुमारले पछिल्ला केही बर्षयता खेलेका चलचित्रलाई हेर्ने हो भने, उनी राष्ट्रियता बोकेका कथामा बढी केन्द्रित छन् । उनै, अक्षय कुमार भारतमा विभिन्न समयमा च्यारेटी गर्न पनि अगाडि छन् । भलै, उनी आफूले गरेको च्यारेटीको प्रचार पनि खुलेरै गरिदिन्छन् ।

केही दिन अगाडि मात्र भारतको पुलवामा भएको हमलामा ४० जना भन्दा बढी भारतीय सैनिकको निधन भएको थियो । अहिले यसले भारत र पाकिस्तानविचको सम्बन्धमा पनि ठूलो दरार उत्पन्न भएको छ ।

बलिउड नायक अक्षय कुमारले यो हमलामा सहिद भएकाहरुको परिवारलाई ५ करोड सहयोग गरेका छन् । उनले, ट्विटरमा पनि रकम कलेक्शनका लागि पहल अगाडि बढाएका छन् । अक्षयले यो हमला आफूहरुले कहिले पनि विर्सन नसक्ने उल्लेख गर्दै अब सहिदका परिवारलाई सहयोग गर्ने समय आएको पनि उल्लेख गरेका छन् ।यस्तै, बलिउड नायक अमिताभ बच्चनले पनि सहिद भएका जवानका हरेक परिवारलाई ५ लाख सहयोग गर्ने घोषणा गरिसकेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com