काश्मिर हमलाका कारण साउदी युवराजको पाकिस्तान भ्रमण स्थगित


प्रकाशित मिति : फाल्गुन ५, २०७५ आईतबार

साउदी अरबका युवराज मोहम्मद बिन सलमालनको आज प्रस्तावित पाकिस्तान यात्रा एकदिन पछि सरेको छ । पहिले युवराज फेब्रुअरी १६ को दिन पाकिस्तान आउने कार्यक्रम थियो । तर अब उनी फेब्रुअरी १७ मा इस्लामावाद आउनेछन् ।

भारतीय मिडियाहरुले युवराज सलमानको पाकिस्तान भ्रमण एकदिन पछि सर्नुको सम्बन्ध भारत प्रशासित काश्मिरमा भएको घटनासँग भएको बताएका छन् । साउदी अरबले उक्त घटनालगतै आक्रमणको कडा शब्दमा भत्र्सना गरेको थियो । र हाल युवराजको भ्रमणमा अचानक भएको बदलावलाई भारतीय मिडियाहरुमा सोही घटनासँग जोडर हेरिएको छ ।

तथापि, पाकिस्तानका विदेश मन्त्रालयले युवराज सलमानको यात्रामा भएको कारण खुलासा गरिएको छैन ।  सन् २०१७ अप्रिलमा युवराज भएपछि सलमान बिन साउदको पहिलो पाकिस्तानको भ्रमण हो । यो यात्राको दौरान युवाराजसँग एक उच्चस्तरीय प्रतिनिधिमण्डल पनि आउनेछ ।

यसमा शाही परिवारका सदस्य, मन्त्री र व्यापारी पनि सामेल हुनेछन् । सो समूह १००० जनाको हुने बताइएको छ । युवराजको आगमनअघि पाकिस्तानको राजधानीमा सुरक्षा बढाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पाकिस्तानको यात्रा सकेर युवराज सलमान फेब्रुअरी १९ बाट भारतको दुई दिने भ्रमणमा भारत आउने कार्यक्रम छ ।

युवराज भएपछि उनको भारतको लागि पनि यो पहिलो भ्रमण हुनेछ । युवराज सलमानलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणको निमन्त्रणा दिएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com