अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा राष्ट्रिय संकटकालको घोषणा गरेका छन् । सिमानामा पर्खाल निर्माण गर्नका लागि राष्ट्रपति ट्रम्पले मुलुकमा संकटकालको घोषणा गरेका हुन् ।
अमेरिकी संसदले पर्खाल निर्माणका लागि बजेट विनियोजन गर्न अस्वीकार गरेपछि संकटकाल लगाएर ट्रम्पले अन्य क्षेत्रका लागि विनियोजित बजेट पर्खाल निर्माणमा लगाउने भएका हुन् । ट्रम्पले संकटकाल लगाउने कार्यकारी आदेशमा आजै हस्ताक्षर गर्नेछन् ।
विशेष सम्बोधनका क्रममा ट्रम्पले अमेरिकालाई लागुऔषध र अपराधीहरुबाट जोगाउन तथा मेक्सिकोको सिमाक्षेत्रबाट कागजपत्रविहिनहरु आउने क्रम रोक्न संकटकालको घोषणा गरेको जनाएका छन् । संकटकालको घोषणापछि ट्रम्पले अन्य क्षेत्रका लागि विनियोजन गरिएको ३ दशमलव ६ बिलियन बजेट पर्खाल निर्माणमा लगाउन सक्नेछन् । त्योबाहेक लागु औषधबिरुद्धको साढे २ बिलियन र ट्रेजरी डिपार्टमेन्टबाट ६ सय मिलियन डलरपनि ट्रम्पले पर्खाल निर्माणमा लगाउनेछन् ।
बिहिबार अमेरिकी संसदबाट १ दशमवल ३७५ बिलियन डलर सिमानामा तारबार लगाउनका लागि छुट्याएको छ । यसरी पर्खाल निर्माणका लागि झण्डै ८ बिलियन खर्च गर्नेगरी ट्रम्पले योजना बनाएका छन् ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।