अष्ट्रेलियाको भिक्टोरिया राज्यले ल्यायो आफ्नो भिसा प्रोग्राममा परिवर्तन, खुल्ने भए यी भिसा


प्रकाशित मिति : फाल्गुन ३, २०७५ शुक्रबार

अष्ट्रेलियाको भिक्टोरिया राज्यले आफ्नो भिसा प्रोग्राममा परिवर्तन ल्याउने भएको छ । आगामी फेब्रुअरी १८, सोमबार देखि उक्त भिसा परिवर्तन लागु हुने बताइएको छ ।

राज्यले बिजनेस इनोभेसन एण्ड इन्भेस्टमेन्ट प्रोग्राम सुचारु गर्न लागेको हो । उद्धमी भिसा ( सबक्लास १८८ ) , बिजनेस इनोभेसन स्ट्रिम ( सबक्लास १८८ ), बिजनेस ट्यालेन्ट पीआर भिसा ( सबक्लास १३२ ) लगायतका भिसाहरुको EOI खुल्ला गर्न लगिएको बताइएको छ ।

जारि गरिएको सुचना अनुसार EOI बुझाएकाहरुले त्यसबारेमा अब स्किल्ड एण्ड बिजनेस माइग्रेसन प्रोग्राममा जानकारी दिनु पर्नेछैन । तर १८ फेब्रुअरी भन्दा अगाडी स्किलसेलेक्ट सिस्टममा EOI बुझाएकाहरुले भिक्टोरियन नोमिनेसनको लागि फेरी बुझाउनुपर्नेछ ।

यसको साथै भिक्टोरिया राज्यले १८ फेब्रुअरी देखि १८८ – सिग्नीफिकेन्ट इन्भेस्टर स्ट्रिमको लागि पनि इन्भिटेसन र नोमिनेसन खुल्ला गर्नेछ । यो भिसा प्रोसेसमा भने कुनै पनि परिवर्तन नगरिएको बताइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com