अनधिकृत कपिराइटेड डाउनलोडलाई गैरकानूनी बनाउँदै जापान


प्रकाशित मिति : फाल्गुन ३, २०७५ शुक्रबार

जापानले कपिराइट होल्डरको अनुमति बिना डाउनलोड गर्नु गैरकानूनी अपराध बनाउने तयारी गरेको छ ।

मांगा, कम्प्युटर गेम्स र साहित्यिक लेख रचनाको विना अनुमति डाउनलोड गर्न रोक लाग्ने भएको हो । सरकारी प्यानलले बुधवार यो नीति लिइसँगै अब यो कार्यान्वयमा पनि आउने भएको छ ।

हालसम्म यस्तो किसिमको प्रतिबन्ध भिडियो र संगीतमा मात्रे सिमित थियो । अब भने कपिराइट भएका हरेक किसिमका सामग्रीमा यो रोक लाग्ने भएको छ । यद्यपि, यस्तो अपराध गर्नेलाई कस्तो किसिमको सजाय हुनेछ भन्ने विषयमा भने भविष्यमा छलफल गरेर निर्णय गरिने बताइएको छ ।

कपिराइट होल्डरलाई पर्नुसम्म हानी पुगेका कारण पाइरेसी वेवसाइटमाथि अंकुश लगाउन जरुरी देखिएको हो । हाल सम्पूर्ण सामग्री कपि गर्ने र गैरकानूनी डाउनलोड जारी राख्ने जस्ता गम्भीर अपराधका लागि मात्रै सजाय दिइने बताइन्छ ।

नियम उल्लंघन गर्नेलाई दुई वर्षसम्मको कैद सजाय वा २० लाख येन वा दुवै सजाय हुन सक्ने बताइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com