खर्च विधयेक हाउसबाट भारीमतले पारित, अब ट्रम्पले हस्ताक्षर गर्ने, संकटकाल भोलि


प्रकाशित मिति : फाल्गुन ३, २०७५ शुक्रबार

अमेरिकी सरकार शटडाउन हुन नदिनेगरी सिनेटबाट पारित सरकारी खर्च विधयेक प्रतिनिधिसभाले पनि पारित गरेको छ । प्रतिनिधिसभामा विधयेकका पक्षमा ३ सय र विपक्षमा १ सय २८ मत खसेको छ । अब विधयेकमा राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गर्नेछन् ।

डेमोक्र्याट्सको बहुमत रहेको प्रतिनिधिसभाबाट पारित हुनुअगाडि सिनेटबाट पनि विधयेक भारीमतले पारित भएको थियो । सिनेटमा खर्च विधयेकका पक्षमा ८३ मत खसेको थियो भने विपक्षमा १६ मत खसेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खर्च विधयेकमा हस्ताक्षर लगत्तै मुलुकमा राष्ट्रिय संकटकालको घोषणा समेत गर्ने तयारी गरेका छन् । तर त्यस्तो संकटकालको घोषणा भोलिमात्र एक कार्यकारी आदेशमार्फत गर्ने जनाइएको छ ।

सिनेटमा बहुमतप्राप्त दलका नेता मिच म्याक्वेनेलले राष्ट्रपति ट्रम्पबाट सिमानामा पर्खाल निर्माणका लागि संकटकाल लगाउने तयारी भइरहेको खुलासा गरेका हुन् । डेमोक्रेटिक नेताहरुले भने ट्रम्पले लगाउन लागेको सम्भावित संकटकाललाई कानुनविहिन गतिविधिको संज्ञा दिएका छन् । सिनेटमा अल्पमत पक्षमा डेमोक्र्याट्स नेता चक शुमर र प्रतिनिधिसभा सभामुख न्यान्सी पेलोसीले वक्तब्य जारी गर्दै संकटकालको घोषणा गरिएमा त्यो शक्तिको दुरुपयोग हुने बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विधयेकमा सिमानामा पर्खाल निर्माणका लागि ५ दशमलव ७ बिलियन डलर नछुट्याइएकाले राष्ट्रपति ट्रम्प बेखुशी रहेका छन् । ट्रम्पले कार्यकारी आदेशमार्फत सिमानामा पर्खाल निर्माणका लागि ८ बिलियन डलरको घोषणा गर्ने जनाइएको छ । तर त्यो रकमको श्रोतभने कहाँबाट प्राप्त हुने भन्नेबारे खुलाईएको छैन ।

ट्रम्पले संकटकालको घोषणा गरेपछि पर्खाल निर्माणका लागि अन्य मन्त्रालयका लागि छुट्याइएको बजेट समेत प्रयोग गर्न सक्नेछन् । ट्रम्पले आफ्नो चुनावी एजेण्डामा पर्खाल निर्माणको विषयलाई प्रमुखताका साथ उठाएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com