अष्ट्रेलियाको मेलबर्नमा नेपाली युवाहरुले खोले सल्भ एजुकेशन कन्सल्टेन्सी


प्रकाशित मिति : फाल्गुन १, २०७५ बुधबार

अष्ट्रेलियाको मेलबर्नमा सल्भ एजुकेशन कन्सल्टेन्सी संचालनमा आएको छ । नेपाली विद्यार्थीहरुलाई उचित शिक्षिक परामर्श दिई उनीहरुको लक्ष्य प्राप्तिमा सहयोग गर्ने मूख्य उद्देश्यका साथ कन्सल्टेन्सी सुरु गरिएको संचालकले बताएका छन् । उक्त कन्सल्टेन्सी नेपाली युवाहरु सुमन अधिकारी, बबिन मिश्र र सरोज कँडेलको साझेदारीमा संचालनमा ल्याइएको हो ।

करिब १० वर्षको अनुभवको आधारमा तीन युवाहरुले सुरु गरेको कन्सल्टेन्सी मेलबर्नको कोबर्ग क्षेत्रमा खोलिएको छ । संचालकहरुले आफूहरुले व्यवसायिक दृष्टिकोणले नभई नेपाली विद्यार्थीहरुलाई गुणस्तरीय सेवा दिने प्रतिबद्धताका साथ कन्सल्टेन्सी सुरु गरेको बताएका छन् । यसको साथै यस कन्सल्टेन्सीको शाखा नेपाल र अष्ट्रेलियाका विभिन्न शहरमा छिट्टै विस्तार गरिने समेत उनीहरुले जानकारी दिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सल्भ कन्सल्टेन्सीको आइतबार उद्घाटन गरिएको थियो । भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदुत चन्द्र योन्जनले कन्सल्टेन्सीको उद्घाटन गर्दै विद्यार्थीहरुको परामर्शका लागि युवाहरुको सक्रियतामा खोलिएको सल्भ कन्सल्टेन्सीले सही सूचना दिने अपेक्षा व्यक्त गरेका थिए ।

कन्सल्टेन्सीको उद्घाटन कार्यक्रममा नेपाली समुदायका अगुवाहरु दुर्गा आचार्य, सुरेश पोखरेल, निराजन गौली लगायतको उपस्थिति रहेको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com