अष्ट्रेलियाको मेलबर्नमा नेपाली युवाहरुले खोले सल्भ एजुकेशन कन्सल्टेन्सी


प्रकाशित मिति : फाल्गुन १, २०७५ बुधबार

अष्ट्रेलियाको मेलबर्नमा सल्भ एजुकेशन कन्सल्टेन्सी संचालनमा आएको छ । नेपाली विद्यार्थीहरुलाई उचित शिक्षिक परामर्श दिई उनीहरुको लक्ष्य प्राप्तिमा सहयोग गर्ने मूख्य उद्देश्यका साथ कन्सल्टेन्सी सुरु गरिएको संचालकले बताएका छन् । उक्त कन्सल्टेन्सी नेपाली युवाहरु सुमन अधिकारी, बबिन मिश्र र सरोज कँडेलको साझेदारीमा संचालनमा ल्याइएको हो ।

करिब १० वर्षको अनुभवको आधारमा तीन युवाहरुले सुरु गरेको कन्सल्टेन्सी मेलबर्नको कोबर्ग क्षेत्रमा खोलिएको छ । संचालकहरुले आफूहरुले व्यवसायिक दृष्टिकोणले नभई नेपाली विद्यार्थीहरुलाई गुणस्तरीय सेवा दिने प्रतिबद्धताका साथ कन्सल्टेन्सी सुरु गरेको बताएका छन् । यसको साथै यस कन्सल्टेन्सीको शाखा नेपाल र अष्ट्रेलियाका विभिन्न शहरमा छिट्टै विस्तार गरिने समेत उनीहरुले जानकारी दिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सल्भ कन्सल्टेन्सीको आइतबार उद्घाटन गरिएको थियो । भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदुत चन्द्र योन्जनले कन्सल्टेन्सीको उद्घाटन गर्दै विद्यार्थीहरुको परामर्शका लागि युवाहरुको सक्रियतामा खोलिएको सल्भ कन्सल्टेन्सीले सही सूचना दिने अपेक्षा व्यक्त गरेका थिए ।

कन्सल्टेन्सीको उद्घाटन कार्यक्रममा नेपाली समुदायका अगुवाहरु दुर्गा आचार्य, सुरेश पोखरेल, निराजन गौली लगायतको उपस्थिति रहेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com