सुपरमार्केटमा दुःखी महिलाको बिल तिरिदिने क्याशियरले बदलामा पाए यति ठूलो खुसी


प्रकाशित मिति : माघ २९, २०७५ मंगलबार

केही हप्ताअघि अमेरिकाको टेक्सासको एक सुपरमार्केटमा काम गर्ने एक जना क्याशियरको दयालुपनाको घटना निकै भाइरल भएको थियो । जोन लोपेज जुनियर ामका ती १९ वर्षका क्याशियरले आर्थिक अभावले घरका अत्यन्तै जरुरी सामान किन्न नसकेकी एक महिलाको बिल तिरिदिएका थिए । ती महिलाको बिल ११० डलरको थियो र उनीसँग त्यति पैसा थिएन । जोन लोपेजले आफूले कलेज फी तिर्नको लागि जम्मा गरेको पैसाबाट ती महिलाको बिल तिरिदिएका थिए ।

जोनको दयालुपनाको यो घटनाको प्रत्यक्षदर्शी थिइन् स्थानीय महिला लेसी सिम्स । लेसीले जोनको यो उदारताबारे फेसबुकमा लेखेकी थियन् । लेसीको यो पोस्ट निकै भाइरल भएको थियो र मानिसहरुले जोनको उदारताको निकै प्रशंशा गरेका थिए । लेसीको पोस्ट पढेर मानिसहरुले थाहा पाए कि जोनले आफ्नो पढाइको लागि यति बडा मेहनत गरिरहेका छन् र यसरी जम्मा भएको पैसा समेत परोपकारमा खर्च गर्छन् । धेरैले जोनलाई समेत सहयोग गर्नुपर्ने प्रतिक्रिया दिए । यत्तिकैमा टेक्सासकै एक व्यक्ति ब्रेन्डन वेडलले भने जोनलाई सहयोग गर्ने अभियान सुरु गरे । ब्रेन्डनले जोनलाई सुपरमार्केटमा धेरै पटक भेटेका थिए र उनी पहिल्यै जोनबाट प्रभावित थिए ।

ब्रेन्डनले ‘गोफण्डमी’मा ब्रेण्डनको लागि सहयोग जुटाउनको लागि एउटा ‘फण्डराइजिङ’ पेज खोले । ब्रेण्डनले सहयोगको सुरुवात आफैंबाट गरे र सुरुमा जोनको लागि १०० डलर सहयोग गरे । उनले जोनले ती महिलालाई गरेको सहयोग सानो नभएको बताउँदै जोनले केही पनि नसोधी सफा मनले सहयोग गर्नुले उनको महानता झल्काउने उल्लेख गर्दै स्थानीय समुदायलाई पनि जोनलाई सहयोग गर्न आह्वान गरे । उनले लेखे ‘हामी सबैको सहयोगले जोनले आफ्नो पढाइ खर्च जुटाउन सके भने उनले भोलिका दिनमा यस्ता महान कामहरु अझै धेरै गर्न सक्नेछन् ।’ ब्रेन्डनको आह्वानपछि स्थानीय समुदाय जोनलाई आर्थिक सहयोग गर्न जुट्यो । उनको ‘गोफण्डमी’ पेजमा अहिलेसम्म ११३६ जनाबाट ३७ हजार ८७ डलर जम्मा भइसकेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com