बलिउडमा र्यापर बादशाह बलिउडमा हिरोको रुपमा डेब्यू गर्दैछन् । बादशाहको फिल्ममा उनको अपोजिट रोलमा हिरोइन सोनाक्षी सिन्हा हुनेछिन् । फिल्ममा बरुण शर्मा र अनु कपूरको पनि महत्वपूर्ण भूमिका हुनेछ । फिल्मको हिजोदेखि सुटिङ सुरु भएको छ । ट्रेड एनालिस्ट तरण आदर्शले ट्वीटरमार्फत यसबारे जानकारी दिएका हुन् ।
फिल्मको निर्माण भूषण कुमार, महावीर जैन र मृगदीप सिंह लाम्बाले गर्दैछन् । फिल्मको निर्देशन शिल्पी दास गुप्ताले गर्दैछिन् । फिल्मको नाम निश्चित भइसकेको छैन । बादशाहले हनी सिंहसँग २००६ मा बलिउड करिअर सुरु गरेका हुन् । २०१२ मा उनले हनी सिंहसँग छुट्टिएर हरियाणवी गीत ‘कर गइ चुल’बाट प्रसिद्धि हासिल गरे । यो गीतलाई पछि २०१६ मा आएको फिल्म कपुर एण्ड सन्समा लिइएको थियो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।