संसदीय वार्ताकारबीच सहमति, अमेरिकी सरकार शटडाउन नहुने संकेत


प्रकाशित मिति : माघ २९, २०७५ मंगलबार

अमेरिकी सरकार पुन शटडाउन हुन नदिन संसदीय वार्ताकारहरुबीच सहमति कायम भइसकेको जनाइएको छ । तर कस्तो सहमति कायम भएको भन्नेबारे केही बताइएको छैन ।

डेमोक्र्याट्स र रिपब्लिकनहरुका ४ जना उच्च नेताहरुबीच सहमतिका लागि सोमबार छलफल भएको थियो । डेमोक्रेटिक सिनेटर पेट्रीक लेहीले सोमबार रातीसम्म सहमति कायम हुने बताएका थिए । मंगलबारमात्र सहमतिको अन्तिम ड्राफ्ट तयार पारिने जनाइएको छ ।

३५ दिनसम्म अमेरिकी सरकार शटडाउन भएपछि फरबरी १५ सम्मका लागि अस्थायी रुपमा खुलाइएको थियो । फरबरी १५ अगाडि कुनै सहमति कायम भएर बजेट पारित हुन नसके अमेरिकी सरकार पुन शटडाउन हुनेछ । तर वार्ताको पछिल्लो विकाशक्रम हेर्दा अमेरिकी सरकार शटडाउन नहुने संकेत देखिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com