शुक्रबारदेखि पुन अमेरिकी सरकार शटडाउनको खतरा


प्रकाशित मिति : माघ २८, २०७५ सोमबार

अहिलेसम्म कुनै सहमति कायम हुन नसक्दा शुक्रबाररातीदेखि पुन अमेरिकी सरकार शटडाउन हुने खतरा देखिएको छ । अमेरिकी सरकार शटडाउन भएमा पुन लाखौं संघीय कर्मचारीहरु वेतलवी हुनेछन्, सरकारका कैयन निकायहरुका कामकाज ठप्प हुनेछन्, अदालतहरुमा अदालती सुनुवाईहरु स्थगित हुनेछन्, ट्याक्स सिजनमा आईआरएस प्रभावित हुनेछ ।

सोमबार सांसदहरुले सहमतिको प्रयास गर्ने जनाइएपनि अहिलेसम्म सहमतिको कुनै संकेत देखिएको छैन । यद्यपी सोमबारसाँझसम्म सिनेट र प्रतिनिधिसभाका मुख्य चारसदस्यहरुबीच सहमति कायमको प्रयास हुने जनाइएको छ ।

सिमानामा पर्खाल लगाउने विषयमा सहमति कायम हुननसक्दा यसअगाडि ३५ दिनसम्म अमेरिकी सरकार शटडाउन भएको थियो । जुन अमेरिकी इतिहासमा अहिलेसम्मकै सबैभन्दा लामो इतिहास रहेको थियो । अहिलेपनि सिमानामा पर्खालको विवाद कायम नै छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिमानामा पर्खाल निर्माणका लागि ५ दशमलव ७ बिलियन डलरको माग गरिरहेका छन् । तर डेमोक्र्याट्सहरु पर्खाल बनाउने विषयमा सहमत छैनन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com