विदेशी कामदार ल्याउने विषयमा जापानी शहरहरु अन्योलमा - KHASOKHAS

विदेशी कामदार ल्याउने विषयमा जापानी शहरहरु अन्योलमा

जापानमा आगामी अप्रिलदेखि विदेशी कामदारको संख्यामा थप गर्ने योजनामा छ ।

उद्योगहरुमा कामदारको चरम अभाव हुन थालेको यससँग जुझ्न जापान सरकारले विदेशी कामदारलाई जापान आउने बाटो खुला गरेको हो । तर ती विदेशी कामदारसँग कसरी काम गर्ने भनेर अहिले जापानका झण्डै आधा शहरहरु चिन्तित बनेका छन् ।

जापानको १७ सय भन्दा बढी महानगरपालिकाहरु समावेश एक सर्वेक्षणमा भने ४७ प्रतिशतले विदेशबाट कामदार ल्याउने कुराको समर्थन गरेको पाइएको छ । देशमा वृद्ध जनसङख्यामा भइरहेको वृद्घि र जन्मदरमा आएको कमीका कारण अधिकांश उद्योग हाल श्रमिक अभावको मारमा परेका छन् । त्यस्तै १२ प्रतिशतले भने कम्पनीहरुले विदेशी कामदारलाई राम्रोे व्यवहार गर्ने सुनिश्चित गर्न केही शसंकित रहेको अभिव्यक्ति दिएका थिए । उनीहरुलाई दैनिक जीविकोपार्जनका लागि आवश्यक पर्ने सहयोग र जापानी सहकर्मीको बराबर तलव पाउने कुरामा शंका उत्पन्न भएको छ ।

योमिउरी सिन्बुनमा प्रकाशित समाचार अनुसार थप विदेशी कामदारलाई ल्याउने कुरामा त्यति सकारात्मक नरहेका केी महानगरपालिकाहरुले भने वृद्ध जापानी र महिलाहरुको रोजगारी सुनिश्चित गर्न जोड दिनु पर्ने बताएका छन् ।

जापानले आगामी ५ वर्षभित्र ३ लाख ४५ हजार विदेशी कामदार भित्रयाउने योजना बनाएको छ । एजेन्सी

सोमवार, माघ २८, २०७५ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित सामाग्री

WP Facebook Auto Publish Powered By : XYZScripts.com