एयरपोर्टका सुरक्षाकर्मीलाई छक्याउँदै भियतनामी युवतीले गरिन भिसा बिनै जापान प्रवेश
प्रकाशित मिति : माघ २८, २०७५ सोमबार
जापान प्रवेशका लागि आवश्यक पर्ने भिसा बिना नै जापान आएकी एक युवती सुरक्षाकर्मीलाई झुक्काएर जापान प्रवेश गरेको खबर छ । फुजी टेलिभिजनमा प्रसारित समाचार अनुसार २२ बर्षिय ति भियतनामी युवती नारिता एयरपोर्टका कर्मचारीहरुलाई छक्याउँदै जापान प्रवेश गरेपछि उनको खोजीकार्य भैरहेको छ ।
सन् २०१७ अप्रिल महिनामा प्रशिक्षार्थी कामदारको रुपमा जापान आएपनि ति युवतीको गत जनवरीमा भियतनाम फर्कीएकी थिइन तर यही शनिवार पुन भियतनामी एयरलाईन्स भियटजेट बिमान मार्फत नारिता बिमानस्थलमा उत्रेकी उनीसंग जापान प्रवेशको अनुमति नै थिएन ।
प्रशिक्षार्थी कामदारका रुपमा आफु आएको दावी गरेकी युवतीलाई थप चेकजाँचका लागि शनिवार राती बिमानस्थलको सुरक्षा घेराभित्र टर्मिनल १ मा राखिएको थियो । तर सोही समयमा उनी भागेर जापान प्रवेश गर्न सफल भएकी हुन्।
आफुसंग जापानको भिसा रहेको रहेको दाबी गर्ने ति युवती आईतबार बिहान भियटजेट बिमानका कर्मचारीसँगै टर्मिनल २ बाट बाहिरिएको सिसीटिभी फुटेजमा देखिएको समाचारमा उल्लेख छ ।
पासवर्डले मात्र खोल्ने ढोका लगाई राखिएकी ति युवतीले ढोका खोलेको बेलामा सुरक्षाकर्मीले थिचेको नम्वर हेरेर ढोका खोलेको अनुमान गरिएको छ ।उनले भाग्ने क्रममा आफुसँग रहेको लगेज सहित सबै सामान समेत लिएर भागेकी थिइन ।
युवतीलाई भाग्न सघाएको आशंकामा उनिसँगै बिमानस्थलबाट बाहिरिंदा देखिएका बिमान कम्पनीका कर्मचारीको पनि खोजि भईरहेको बताईएको छ ।






