प्रसाद खाएपछि ४० विद्यार्थी बिरामी


प्रकाशित मिति : माघ २८, २०७५ सोमबार

भारतको झारखण्ड राज्यमा रहेको एक विद्यालयमा वसन्त पञ्चमीको उपलक्ष्यमा वितरण गरिएको प्रसाद ग्रहणपछि ४० जना बिद्यार्थी बिरामी परेका छन् ।

पुजापछि विद्यालयमा वितरण गरिएको मिठाई खाएपछि ती बालबालिका विरामी परेका र उपचारपछि उनीहरुको अवस्थामा सुधार आएको बताइएको छ ।

झारखण्ड राज्यमा अवस्थित सदार अस्पतालका एक चिकित्सक एस सा खालिदले बिरामी भएर ४० जना विद्यार्थी अस्पतालमा उपचारको लागि आएका र तीमध्ये दुई जनाको अवस्था गम्भीर रेहको बताउनु भएको छ ।

ती बिद्यार्थीहरुलाई बिषाक्त खानेकुरा परेको र उनीलाई पेट दुख्ने र बान्ता हुने समस्या देखा परेको खालिदले बताउनु भएको छ । हाल उनीहरुको उपचार भइरहेको खालिदले थप जानकारी दिनु भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस घटानको अनुसन्धान भइरेहको जिल्ला शिक्षा अधिकारीले बताउनु भएको छ । यस घटनाका दोषीलाई कारबाही गरिने पनि उहाँले जानकारी दिनुभएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com