अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यले यो आर्थिक वर्षको लागि बन्द गर्यो दक्ष भिसाको नोमिनेशन


प्रकाशित मिति : माघ २८, २०७५ सोमबार

अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यले यो चालु आर्थिक वर्ष अर्थात २०१८ / १९ को लागि स्टेट नोमिनेशन प्रोग्राम बन्द गरेको छ ।

उच्च दक्ष व्यक्तिहरुको लागि क्विन्सल्याण्ड राज्यले स्किल्ड नोमिनेटेड (१९०) प्रोग्राम संचालन गरिरहेको छ । राज्यले उक्त प्रोग्रामको लागि नोमिनेशन बन्द गरेको हो ।

बिजनेस एण्ड स्किल्ड माइग्रेसन क्विन्सल्याण्डको आधिकारिक वेबसाइटमा सबै बिजनेस एण्ड स्किल्ड भिसाको लागि नोमिनेशन प्रोग्राम बन्द गरिएको बताइएको छ । त्यहाँ उल्लेख गरी अनुसार, अब उक्त नोमिनेशन आगामी आर्थिक वर्ष अर्थात १ जुलाई २०१९ पछि मात्र खुल्नेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com