हिमपातका कारण वासिंटनमा संकटकालको घोषणा


प्रकाशित मिति : माघ २६, २०७५ शनिबार

अमेरिकाको वासिंटन राज्य हिमपातको चपेटामा परेपछि त्यहाँका गभर्नरले राज्यमा संकटकालको घोषणा गरेका छन् । गभर्नर जय इन्स्लीले राज्यमा संकटकालको घोषणा गरेका हुन् ।

राज्यमा रहेका सबैजना सुरक्षित रहनुपर्ने र हिमपातमा ध्यान दिनुपर्ने गभर्नरले बताएका छन् । वासिंटन राज्यमा यो सप्ताहन्तभर हिमपात हुने अनुमान गरिएको छ ।

साताको दोश्रो ठूलो हिमपातमा शियाटल क्षेत्रमा ८ इन्चसम्म हिमपात हुने अनुमान गरिएको छ । शनिबार विहानसम्म नै हिमपात हुने अपेक्षा गरिएको छ । हिमपातबाट पोर्टल्याण्ड लगायतका क्षेत्रहरु पनि प्रभावित हुनेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com