जापानमा एक हप्ताभित्र ३, एक महिनाको अवधीमा ४ जना नेपालीको इहलिला समाप्त


प्रकाशित मिति : माघ २६, २०७५ शनिबार

जापानमा पछिल्लो एक हप्ताको समयभित्रमात्रै ३ नेपालीहरुले ज्यान गुमाएका छन् । गत सोमवार साईतामा केनमा सडक दुर्घटनामा परि म्याग्दी जिल्ला घर भई साइतामामै बस्दै आएका माईकल गौचनको मृत्यु भएको थियो भने म्याग्दी राखु स्थायी घर भै रोजगारीको सिलसिलामा जापानको नागोयामा रहँदै आएकी प्रमिला दर्जीको बिहीबार साँझ उपचारको क्रममा अस्पतालमा निधन भएको थियो ।

१ महिना अगाडि सुत्केरी भएकी दर्जी ब्रेन ट्यूमरबाट पीडित थिईन् । उनले उपचारकै क्रममा बिहिवार साँझ देहत्याग गरेकी थिइन ।

स्व. प्रमिलाको शनिवार बिहान ९ः२० बजे मियकेनको निशिबेस्शो, कुवाना भन्ने ठाउंमा अन्त्येष्टी गर्ने तैयारी भईरहेको बताइएको छ । प्राप्त जानकारी अनुसार नवजात शिशुको अवस्था भने सामान्य रहेको र उनलाई नेपाल लैजाने तयारी गरिएको छ ।

गत जनवरीमा पनि कार्यस्थलमै भएको आगलागीमा परि गम्भिर घाइते भएकी ३१ बर्षिय सावित्री नेपाल रिमालको उपचारको क्रममा ओकायामा प्रिफेक्चर स्थित एक हस्पिटलमा निधन भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निरन्तर नेपाली नागरिकहरुको निधन भइरहँदा सडक सुरक्षा, स्वास्थ्यको हेरचाह तथा कार्यस्थलमा अपनाउनुपर्ने सुरक्षाबारेमा जापानको नेपाली समुदायमा कार्यक्रमहरु आयोजना हुनुपर्ने तथा सम्बन्धित निकायले त्यसतर्फ ध्यान दिनुपर्ने आवश्यकता महशुष भएको छ ।

गल्कोट समाज जापानले दुखद घडीमा सबै गल्कोटवासी सहित सम्पूर्ण जापानवासी नेपालीहरुमा साथ दिएर दाहसंस्कारमा उपस्थित भईदिन अनुरोध समेत गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com