उपचारका क्रममा २० बर्षिय युवाको निधन, एकै हप्तामा ३ नेपालीले जापानमा ज्यान गुमाए


प्रकाशित मिति : माघ २६, २०७५ शनिबार

बाग्लुङ जिल्ला घर भई जापानको साइतामा केनमा बसोबास गर्दै आएका २० बर्षिय सबिन (अर्बिन) क्षेत्रीको उपचारको क्रममा निधन निधन भएको छ ।

गल्कोट नगरपालिका ३ बोहोराफाँट स्थाई घर भएका सविन हाल जापानको साईतामा केनमा आफ्ना बुवा आमासंगै बस्दै आएका थिए । उनको साईतामा स्थित साईतामा रेडक्रस अस्पतालमा उपचार भईरहेको थियो ।

ईन्फ्लुएन्जाबाट ग्रस्त उनलाई बुधवार राती ११ बजेर १५ मिनेटमा चिकित्सकहरुले मृत घोषणा गरेका थिए । उनको विगत ३ दिनदेखि सघन कक्षमा उपचार भईरहेको थियो ।

गल्कोट समाज जापानका अध्यक्ष दिलु खत्रीका अनुसार निधन भएका सविनको अन्तिम दाह संस्कार आगामी आईतबार जापानमै गरिने भएको छ ।

सबिनको यही फेब्रुवरी १० तारिख आईतबारको दिन बिहान ८ः३० बजे साईतामामा दाहसंस्कार गरिने तय भएको हो ।

गल्कोट समाज जापानले दुखद घडीमा सबै गल्कोटवासी सहित सम्पूर्ण जापानवासी नेपालीहरुमा साथ दिएर दाहसंस्कारमा उपस्थित भईदिन अनुरोध समेत गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com