प्रधानमन्त्रीमा चुनाव लड्ने थाई राजकुमारीको घोषणा, राजाले गरे निन्दा


प्रकाशित मिति : माघ २५, २०७५ शुक्रबार

थाईल्याण्डमा राजकुमारी उबोलरत्ना माहिडोलले प्रधानमन्त्रीको चुनाव लड्ने घोषणा गरेकोमा त्यहाँका राजाले राजकुमारीको कदमको निन्दा गरेका छन् । राजाले एक बक्तब्य निकाल्दै राजकुमारीको कदमले राष्ट्रको संस्कृतिको अपमान गर्ने बताएका छन् ।

थाई राजाकी ६७ वर्षिया दिदीले पूर्वप्रधानमन्त्री थाकसिन सिनावत नजिक रहेको दलबाट चुनाव लड्ने भएकी हुन् । राजकुमारीको यो निर्णयले थाई राजपरिवारको राजनीतिबाट टाढै रहने परम्परालाई तोडेको छ ।

राजाको यस्तो हस्तक्षेपकका कारण राजकुमारी चुनाव लड्नबाट अयोग्य हुनसक्ने विश्लेषण गरिएको छ । राजकुमारीले भने आफूले सबै शाही पदवीहरु त्यागेको र सर्वसाधारणका रुपमा जीवन यापन गरिरहेको बताएकी छिन् । तर राजाले उनले शाही पदवीहरु त्यागेपनि उनी चक्री बंशको सदस्य भएकाले चुनाव लड्न नहुने बताएका छन् ।

थाईल्याण्डमा मार्च २४ गते प्रधानमन्त्रीका लागि निर्वाचन हुँदैछ । पाँच वर्षको सेनाको शासनपछि हुन लागेको यो निर्वाचनले थाईल्याण्डलाई प्रजातन्त्रमा फर्काउन सक्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राजकुमारी उबोलरत्ना राजकन्या श्रीबन्दना बर्नाभदी सन् १९५१ मा स्वर्गीय राजा पुमिपोन अदुन्यदेतको पहिलो सन्तानको रूपमा जन्मिएकी थिइन् । उनले मासाट्युट्स इन्सटिट्युट अफ टेक्नोलोजीमा पढेकी थिइन् र सन् १९७२ मा अमेरिकी नागरिकसँग विवाह गर्न राजपरिवार त्यागेकी थिइन् ।

परापाचुके गरेपछि उनी सन् २००१ मा थाईल्याण्ड फर्किएर राजपरिवारका कार्यक्रममा देखिन थालेकी थिइन् । उनी सामाजिक सञ्जालमा अभ्यस्त छिन् र केही थाई सिनेमाहरूमा पनि देखिएकी थिइन् ।

उनको तीन सन्तान थिए, जसमध्ये एकजना सन् २००४ को सुनामीमा मारिएका थिए। राजकुमारी थाई रक्षा चार्ट पार्टीको तर्फबाट उम्मेदवार बनेकी हुन् ।

वर्तमान प्रधानमन्त्री प्रयुथ चानऔचाले पनि निर्वाचनमा उम्मेदवार हुने घोषणा गरेका छन् । सन् २०१४ को कूबाट शक्तिमा आएका उनी पालुङ प्रचारत पार्टीको उम्मेदवार हुनेछन् ।

यो निर्वाचनलाई सिनावत परिवार र सैनिक शक्तिबीचको टकरावको रूपमा हेरिएको छ । प्रयुथ शक्तिमा आउँदा थाकसिन सिनावतकी बहिनी यिङ्लक सिनावत प्रधानमन्त्री थिइन्।

सिनावत र उनकी बहिनी अहिले स्वघोषित निर्वासनमा छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com