अष्ट्रेलियाको मेलबर्नमा नेपाली विद्यार्थीका लागि काम, पढाइ र यहाँको जीवनशैली सम्बन्धि नि:शुल्क तालिम


प्रकाशित मिति : माघ २५, २०७५ शुक्रबार

नयाँ ठाउँमा पुगेर त्यहाँको जीवनशैली अपनाउनु, त्यहाँको सम्पूर्ण नियम कानुनमा जानकार हुनु जोसुकै व्यक्तिको लागि पनि गाह्रो कुरा हो । नेपालमा आफ्नो घरमा आफ्ना अभिभावकसंग रहेर पढिरहेका विद्यार्थीलाई त्यो अझ चुनौतीपूर्ण हुन्छ । त्यसमाथी काम खोज्नु, सीपको कमी हुनु, पढाइ र काममा समय व्यवस्थापन गर्नुपर्ने चुनौती आदिले गर्दा जीवन झन् कठीन महसुस हुन थाल्छ । त्यसैकारण पनि थुप्रै नेपाली विद्यार्थीहरु डिप्रेसनमा परेको, आत्महत्या गरेको जस्ता समाचारहरु बाहिरिने गर्छन् ।

 

विद्यार्थीहरुका तिनै समस्यालाई मध्यनजर गर्दै भिक्टोरिया राज्यको मेलबर्नमा नेपाली विद्यार्थीहरुका लागि नि:शुल्क तालिम संचालन हुनेभएको छ । एनआरएनए भिक्टोरिया, नेपलिज एसोसिएसन अफ भिक्टोरिया र भिक्टोरिया स्थित नेपाली महावाणिज्यदुतको कार्यलयले संयुक्त रुपमा उक्त कार्यक्रम संचालनमा ल्याउन लागेका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त कार्यक्रमलाई पांच भागमा बाँडिएको छ । पहिलो दिनको कार्यक्रम आगामी १७ फेब्रुअरीमा दिउँसो १ बजे देखि ४ बजेसम्म हुनेछ । उक्त दिनमा मेलबर्नको जीवनशैली, सडक तथा अन्य नियम, काम खोज्ने तरिका, कामको लागि अन्तर्वार्ता दिने तरिका, रिजुम लेख्ने तरिका आदिको बारेमा जानकारी दिइनेछ ।

अर्को सेसन २४ फेब्रुअरीमा दिउँसो २ बजे देखि ४ बजेसम्म हुनेछ र उक्त सेसनमा कफी र चिया सम्बन्धि तालिम प्रदान गरिनेछ । ३ फेब्रुअरीमा हुने अर्को सेसनमा वेटिंग ट्रेनिंग दिइने आयोजकले बताएका छन् । त्यस्तै, अष्ट्रेलियामा काम पाउनको लागि महत्वपूर्ण भूमीका खेल्ने रिजुम सम्बन्धि विस्तृत जानकारी, रिजुम प्रभावकारी बनाउने तरिका र अन्तर्वार्ताको लागि जाँदा आवश्यक टिप्सको बारेमा विस्तृत जानकारी दिइनेछ।

अष्ट्रेलियामा विद्यार्थीहरुलाई काम अत्यावश्यक हुने र काम दिने व्यक्ति या कम्पनीले सो कुराको फाइदा उठाएर बढी काम लगाउने, कम तलब दिने जस्ता घटनाहरु पनि बाहिरिन्छन् । त्यसैले २३ मार्चमा हुने अर्को सेसनमा अष्ट्रेलियामा काम सम्बन्धि नियम, कामदारको हीतमा बनेका कानुनको बारेमा जानकारी दिइनेछ । यसको साथै जुवा तथा विभिन्न कुलतबाट बच्नको लागि विद्यार्थीलाई सचेत गराइनेछ ।

कार्यक्रम आयोजकका अनुसार, यो नि:शुल्क तालिम कार्यक्रम निरन्तर रुपमा संचालनमा आउनेछ । विशेष गरि नेपालबाट आउने नयाँ विद्यार्थीलाइ यहाँ आइसकेपछि सहज होस् र उनीहरुले यहाँ आउनुको आफ्नो मूख्य उद्देश्य अर्थात् पढाइलाई निर्बाध रुपमा अगाडी बढाउन सकुन् भन्ने उद्देश्यले कार्यक्रम संचालनमा ल्याइएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com