महिलाको कपाल चाट्ने व्यक्ति पक्राउ


प्रकाशित मिति : माघ २५, २०७५ शुक्रबार

जापानमा महिलाको कपाल चाटेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । गत वर्षको मे महिनामा आफ्नो काममा जान लागेकी २९ वर्षिय कर्मचारी जेआर सिन योकोहामा स्टेशनमा पुगिन् । एस्केलेटर चढ्दा अचानक उनले आफ्नो कपालमा केही असहज परिस्थिती महसुस गर्न पुगिन् । हातले छुँदा त्यहाँ चिसो र सलिभा उनले पाइन् । तुरुन्तै उनलै नजिकैको प्रहरी स्टेशनमा खबर गरिन् ।

अधिकारीले सो व्यक्तिको खोजी गर्न थाले । सेक्युरिटि क्यामराको फुटेजबाट ती व्यक्तिको पत्ता लाग्यो । उनी थिए फुजिसावा शहरका २३ वर्षिय र्यो किकुची थिए । डीएनए टेष्टबाट उनको सलिभासँग म्याच भयो । उनले प्रहरी बयानमा आफूले नै ती महिलाको कपाल चाटेको बताएका थिए । तर उनले यो कसरी गरे भन्ने चाहिँ उल्लेख छैन ।

उनले यस घटनामा कस्तो खालको सजाय पाउँछन् भन्ने पनि स्पष्ट छैन । सोरान्यूजलाई उधृत गर्दै जापानटुडेले समाचार लेखेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com