आप्रवासीहरुलाई फाष्ट ट्रयाक प्रणालीबाट अष्ट्रेलियाको पीआर भिसा


प्रकाशित मिति : माघ २५, २०७५ शुक्रबार

अष्ट्रेलिया सरकारले आप्रवासीहरुलाई फाष्ट ट्रयाक प्रणालीबाट अष्ट्रेलियाको भिसा दिने घोषणा गरेको छ । विभिन्न पेशाका दक्ष आप्रवासीहरुलाई फाष्ट ट्रयाक प्रणालीबाट अष्ट्रेलियाको भिसा दिने भएको हो ।

अद्यागमन मन्त्री डेभिड कोलम्यानले सरकारले सञ्चालन गरेको १९.४ मिलियन डलर योजना अन्तर्गत दक्ष आप्रवासीहरुलाई फाष्ट ट्रयाक प्रणालीबाट अष्ट्रेलियाको भिसा दिने निर्णय भएको शुक्रवार घोषणा गरेका हुन् । अष्ट्रेलिया सरकारले ग्रामीण क्षेत्रहरुको विकासकालागि १९.४ मिलियन डलर योजना ल्याएको हो ।

यस योजना अन्तर्गत आगामी पाँच वर्षभित्र ग्रामीण क्षेत्रका विभिन्न स्थानीय व्यवसायीहरुलाई दक्ष जनशक्ति उपलब्ध गराउने सरकारको योजना छ । यस योजना अन्तर्गत सरकारले निर्धारण गरेका क्षेत्रमा गएर पाँच वर्ष काम गरेका विदेशी दक्ष कामदारहरुलाई अष्ट्रेलियाको स्थायी बसोबास अनुमति पीआर भिसा दिने प्रधानमन्त्री स्कट मोरिसनले यसअघि नै घोषणा गरिसकेका छन् । ग्रामीण भेगमा सञ्चालित उद्योग व्यवसायहरुमा दक्ष कामदारको अभाव भएपछि सरकारलाई दबाब परेको थियो ।

अष्ट्रेलिया सरकारले हरेक वर्ष १ लाख ९० हजार दक्ष जनशक्तिलाई पीआर दिने नीति बनाए पनि पछिल्लो केही वर्ष यता भने १ लाख ६० हजारभन्दा बढीले पीआर पाउन सकेका छैनन् । यसले गर्दा अष्ट्रेलियाका विभिन्न भेगमा दक्ष जनशक्तिको अभाव हुँदै आएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com