पत्रिकाले ब्लाकमेल गरेको विश्वकै सबैभन्दा धनी बेजोसको आरोप


प्रकाशित मिति : माघ २५, २०७५ शुक्रबार

विश्वकै सबैभन्दा धनी व्यापारी अमेजन डट कमका संस्थापक जेफ बेजोसले नेशनल इन्क्वाएरर पत्रिकाको मालिकले आफ्नो गोप्य तस्बिरहरू छाप्ने धम्की दिँदै आफूलाई ब्ल्याकमेल गरेको आरोप लगाएका छन्।

बेजोसका अनुसार त्यो म्यागाजिनको संस्थापक कम्पनीले त्यो पत्रिकाले उनको गोप्य तस्बिरहरू कसरी फेला पार्‍यो भन्ने विषयमा अनुसन्धान रोक्न उनलाई दबाब दिएको छ। बेजोस र उनकी श्रीमती म्याकेन्जीले गत महिना आफूहरूले सम्बन्ध विच्छेद गर्न लागेको बताएका थिए। त्यसलगत्तै नेशनल  इन्क्वाएररले ती प्रविधि कम्पनीका मालिकको विवाहभन्दा बाहिरका सम्बन्धबारे लेखहरू प्रकाशित गर्‍यो।

बेजोसले बिहीवार एक ब्लग प्रकाशित गर्दै एएमआईका वकीलहरूले पठाएका भनिएका इमेलहरू अनलाइन राखिदिएका छन्। ती इमेलमा बेजोसले सम्बन्ध राखिरहेको भनिएकी एक महिला र उनको अन्तरङ्ग तस्बिरहरू छापिदिने चेतावनी दिइएको उल्लेख गरिएको छ।

बेजोस् विश्कै सबैभन्दा धनी व्यक्ति हुन्। आफूहरूबीच आदानप्रदान भएका गोप्य फोटो न्याशनल इन्क्वाएररले कसरी पायो भन्नेबारेको अनुसन्धान नरोकेमा ती तस्बिरहरू सार्वजनिक गरिदिने धम्की एएमआईले दिएको बेजोसले बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com