फिफाको नया बरियता सार्वजनिक : बेल्जियम शीर्ष स्थानमा रहदा नेपाल १६१ औं स्थानमा


प्रकाशित मिति : माघ २४, २०७५ बिहीबार

विश्व फुटबल महासंघ (फिफा) ले विश्व बरियता सार्वजनिक गरेको छ । फिफाले आज सार्वजनिक गरेको बरियतामा नेपाल १६१ औं स्थानमा यथावत नै रहेको छ । केही दिनाघि मात्रै जापानलाई पराजित गर्दै एसियन कपको उपाधि उचालेको कतारले भने बरियतामा छलाङ मारेको छ ।कतारले ३८ स्थान सुधार गर्दै विश्व बरियतामा ५५ औं स्थानमा उक्लिएको हो ।

विश्व बरियताको शीर्ष स्थानमा भने बेल्जियम  कायमै रहेको छ । त्यस्तै, विश्वविजेता फ्रान्स भने दोस्रो स्थानमा छ । ब्राजिल तेस्रो स्थानमा रहँदा चौथो स्थानमा क्रोएसिया, पाँचौमा इंग्ल्यान्ड र छैटौं स्थानमा पोर्चुगल रहेका छन् ।

त्यस्तै, सातौंमा उरुग्वे रहँदा आठौं स्थानमा स्वीट्जरल्यान्ड, नवौंमा स्पेन र १० औं स्थानमा डेनमार्क रहेका छन् । दक्षिण एसियाली राष्ट्रहरुमा भारत फिफा बरियतामा ६ स्थान तल झर्दै १०३ औं स्थानमा पुगेको छ भने माल्दिभ्स १५२ौं स्थानमा रहँदा भुटान १८६ औं, बंगलादेश १९२ औं, पाकिस्तान १९९ औं र श्रीलंका २०१ औं स्थानमा छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com