अष्ट्रेलियाको मेलबर्न ट्रेनमा जब एक व्यक्तिले जुत्ता खोलेर खुटाको नङ काट्न थाले …


प्रकाशित मिति : माघ २४, २०७५ बिहीबार

मेलबर्न ट्रेनमा एक व्यक्तिले नङ काट्दै गरेको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ ।

एक व्यक्ति ट्रेनमा बसेपछि जुत्ता खोल्छन् । त्यसपछि उनले खुट्टाको नङ काट्न थाल्छन् ।

ती व्यक्तिले नङ काट्दै गरेको भिडियो भाइरल भएपछि धेरैले लाजमर्दो भनेका छन् भने केही ती युवक घरविहिन भएको हुनसक्ने टिप्पणी गरेका छन् । केहीले त्यो भिडियो खिचेर बस्नुभन्दा उनलाई त्यसो नगर्न आग्रह गर्नुपर्ने भन्ने कमेन्ट गरिरहेका छन् ।

अघिल्लो वर्ष एक महिलाले ट्रेनमा हातको औंलाको नङ काटेको भिडियो बाहिरिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com