अष्ट्रेलियामा यो वर्षको अन्त्य सम्ममा घरजग्गाको मूल्य ६० हजार डलर सम्म घट्ने


प्रकाशित मिति : माघ २४, २०७५ बिहीबार

अष्ट्रेलियामा घर जग्गाको मूल्य चार वर्ष यताकै सबैभन्दा न्यून हुने अर्थविदहरुले बताएका छन् ।

finder।com।au’s panel of economists का अनुसार स २०१९ डिसेम्बर अर्थात यो वर्षको अन्त्यसम्ममा घरजग्गाको मूल्य अत्यधिक सस्तो हुनेछ । २०१७ देखि यता ११ प्रतिशतले घटेको सिड्नीको घरजग्गाको मूल्य यो वर्ष थप ६ प्रतिशत भन्दा बढी घट्नेछ । डिसेम्बर सम्ममा सिड्नीमा घरजग्गाको मूल्य ५८ हजार २ सय ७५ डलर सस्तो पर्नेछ ।

त्यस्तै, मेलबर्नमा घरजग्गाको मूल्य थप साढे छ प्रतिशतले घटेर करिब ५० हजार डलरले सस्तो पर्नेछ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com