चिनियाँ सामानमा अर्को महिनादेखि अमेरिकाले शुल्क बढाउने , विश्व अर्थतन्त्रमा असर


प्रकाशित मिति : माघ २४, २०७५ बिहीबार

व्यापारसम्बन्धी संयुक्त राष्ट्रसङ्घकी एक उच्च अधिकारीले चिनियाँ सामानमा अर्को महिनादेखि शुल्क बढाउने संयुक्त राज्य अमेरिकाको कदमबाट विश्व अर्थतन्त्रमा ‘व्यापक’ असर पर्ने चेतावनी दिएकी छन्।

मार्च १ सम्ममा द्विपक्षीय व्यापार सम्झौताबारे कुनै सहमति हुन नसके चिनियाँ सामानहरूमा शुल्क बढाउने अमेरिकी योजना छ।

अमेरिका र चीनबीचको व्यापार युद्धका असरबारे व्यापारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकायको एउटा अध्ययन प्रतिवेदन आएपछि पछिल्लो चेतावनी सार्वजनिक भएको हो।

सो प्रतिवेदनले संरक्षणवादका कारण एशियाली मुलुकहरू अझ बढी प्रभावित हुन सक्ने ‍औंल्याएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिका र चीन एउटा व्यापार विवादमा अल्झेका छन् र त्यसका कारण दुवै मुलुकले अरबौँ डलर मूल्यका एकअर्काका सामानमाथि भन्सार शुल्क बढाएका छन्।

गत डिसेम्बरमा दुवै मुलुकले नयाँ शुल्क बढाउने बारेको निर्णय ९० दिनका लागि कार्यान्वयन नगर्ने सहमति गरेका थिए।

त्यसअनुसार उनीहरूले मार्च १ सम्ममा नयाँ सहमति गरिसक्नुपर्नेछ।

त्यसो नभए अमेरिकाले दुई सय अर्ब डलर बराबरका चिनियाँ सामानमा १० देखि २५ प्रतिशतसम्म शुल्क बढाउने जनाएको छ।

व्यापारसम्बन्धी राष्ट्रसङ्घीय निकाय युएन कन्फ्रेरेन्स अन ट्रेड एन्ड डेभलप्मेन्टले व्यापार युद्ध चर्केको खण्डमा त्यसको व्यापक असर पर्ने जनाएको छ।

उटा पत्रकार सम्मेलनमा सो संस्थाकी प्रमुख पामेला कोक हेमिल्टनले भनिन्, “त्यसको व्यापक असर पर्नेछ। पूरै अन्तर्राष्ट्रिय व्यापार प्रणालीमा एकदमै नकारात्मक असर पर्नेछ।”

उनका अनुसार गरीब र साना मुलुकहरूले बाह्य असरहरू झेल्नुपर्ने हुन्छ।

अमेरिकी र चिनियाँ व्यापार युद्धको सबैभन्दा ठूलो असर पूर्वी एशियाली आपूर्ति प्रणालीमाथि पर्नेछ।

युएन कन्फ्रेरेन्स अन ट्रेड एन्ड डेभलप्मेन्टको अध्ययन प्रतिवेदन अनुसार पूर्वी एशियाली उत्पादकहरूमाथि ठूलो असर पर्नेछ।

जसअनुसार सो क्षेत्रमा निर्यात १६० अर्ब डलरले घट्नेछ। तर असर अन्यत्र पनि देखिनेछ।

कोक हेमिल्टन भन्छिन्, “मुद्रासम्बन्धी युद्ध हुनेछन् र मुद्राको अवमूल्यन र मुद्रास्फीतिका कारण जागिर गुम्नेछन् र उच्च बेरोजगारी सिर्जना हुनेछ।”

अमेरिकी र चिनियाँ व्यापार युद्धले पूर्वी एशियाको आपूर्ति सञ्जाल अन्यत्र सर्नेछ, तर अमेरिकी कम्पनीहरूले त्यो स्थान लिने अवस्था देखिँदैन।

राष्ट्रसङ्घीय प्रतिवेदन अनुसार अमेरिकी शुल्क बढ्ने २५० अर्ब डलर बराबरका चिनियाँ सामानमध्ये अमेरिकी कम्पनीहरूले ६ प्रतिशत हिस्सा मात्रै पूर्ति गर्न सक्नेछन्।

अर्कोतिर चिनियाँ शुल्क लाग्ने ८५ अर्ब डलर बराबरको अमेरिकी सामानमध्ये चिनियाँ कम्पनीहरूले करिब ५ प्रतिशत हिस्सा मात्रै पूर्ति गर्न सक्नेछन्।

अध्ययन प्रतिवेदन अनुसार युरोपेली निर्यात ७० अर्ब डलरले बढ्नेछ भने जापान, क्यानाडा र मेक्सिकोको निर्यातमा २० अर्ब डलरभन्दा बढीले वृद्धि हुनेछ।

फाइदा पुग्ने अन्य मुलुकहरूमा अष्ट्रेलिया, ब्राजिल, भारत, फिलिपिन्स र भियतनाम हुनेछन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com