अष्ट्रेलियामै रहेको बेला भिसा रिजेक्ट भए के गर्ने ?


प्रकाशित मिति : माघ २३, २०७५ बुधबार

के तपाईं अष्ट्रेलियामै रहेको बेला तपाईंको भिसा रिजेक्ट भयो ? त्यसो हो भने तपाईंले कुनैपनि चिन्ता लिनुपर्दैन ।

किनभने अष्ट्रेलियाको माइग्रेसन कानूनले अष्ट्रेलियाको भिसाका लागि पुनः आवेदन दिनसक्ने थुप्रै बाटोहरु प्रदान गरेको छ । प्रक्रियागत रुपमा निवेदन दिन सके अस्वीकृत भएका वा रद्द गरिएका सव–क्लास अन्तर्गतकै भिसा पाउने प्रवल सम्भावना छ ।

त्यसका लागि तपाईंले माइग्रेसनका विज्ञहरुसँग परामर्श गरी आवश्यक कदम चाल्नु बुद्धिमानी हुन्छ । यसो गर्नुभयो भने तपाईंले तपाईको योग्यता र दक्षताको आधारमा फेरि अष्ट्रेलियाको भिसा प्राप्त गर्न सक्नुहुन्छ । यसका लागि इमिग्रेसन वेबसाइटबाट समेत आवश्यक जानकारी लिन सकिन्छ । यस्तै भिसा रिजेक्सन लेटरमा पनि के कारणले भिसा रिजेक्ट भएको हो भन्ने कारण खुलाइएको हुन्छ ।

त्यसैले रिजेक्ट भयो भनेर चिन्ता गरेर बस्नु भन्दा सुधार गर्नुपर्ने कुराहरु सुधार गरेर पुनः आवेदन दिनु बुद्धिमानी ठहरिन्छ । सामान्यतया भिसा रिजेक्ट भएको मितिले २१ दिनभित्र एमआरटीमा अपिल गर्न पाउने कानूनी व्यवस्था छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com