विदेशमा बसेर सुन तस्करीमा लागनाी गर्ने हरिशरण खड्का दुबईमा पक्राउ परेका छन् । काभ्रेका खड्काविरुद्ध नेपाल प्रहरीको इन्टरपोल शाखाले ‘डिफ्युजन नोटिस’ जारी गरेपछि उनी समातिएका हुन् ।
२०७३ पुसमा सीआइबीले अन्तर्राष्ट्रिय विमानस्थलबाहिर बरामद गरेको साढे ३३ किलो सुन बरामद घटनामा समेत खड्कालाई प्रतिवादी बनाइएको थियो । अदालतमा विचाराधीन सनम शाक्य हत्या र गायब पारिएको साढे ३३ किलो सुन प्रकरणमा समेत सुनमा लगानीकर्तामध्ये खड्कालाई प्रतिवादी बनाइएको छ ।
उनी विदेशमा लुकेर बसेको सुचना पाएपछि जिल्ला प्रहरी कार्यालय मोरङको आग्रहमा इन्टरपोल शाखा काठमाडौंले फ्रान्सस्थित इन्टरपोलको मुख्य कार्यालयमा पत्राचार गरेको थियो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।