आफू र आफ्नो प्रशासनबिरुद्ध अनुसन्धान नगर्न ट्रम्पको डेमोक्र्याट्सलाई चेतावनी


प्रकाशित मिति : माघ २३, २०७५ बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू र आफ्नो प्रशासनबिरुद्ध कुनै अनुसन्धान नगर्न ट्रम्पको डेमोक्र्याट्सलाई चेतावनी दिएका छन् । आफ्नो स्टेट अफ द युनियन सम्बोधनका क्रममा ट्रम्पले यस्तो चेतावनी दिएका हुन् ।

अमेरिकामा आर्थिक चमत्कार भइरहेको बताउदै ट्रम्पले मूखर्तापूर्ण युद्ध, राजनीति र पक्षपातपूर्ण अनुसन्धानहरु रोकिनुपर्ने बताए । जहाँ शान्ति र कानुन हुन्छ, त्यहाँ युद्ध र अनुसन्धान हुन नसक्ने ट्रम्पले बताए ।

ट्रम्पले यसो भनिरहँदा पछाडि रहेकी हाउस स्पीकर न्यान्सी पेलासीले व्यंग्यपूर्ण मुस्कान दिएकी थिइन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com