‘नेपाल विगतमा भारतको भाग नरहेको’ भन्दा रिसाएर अर्कोतिर लागे ट्रम्प


प्रकाशित मिति : माघ २२, २०७५ मंगलबार

दक्षिण एसियाबारेको खुफिया ब्रिफिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई विगतमा भारतकै भाग रहेको बताएकोबारे उक्त समाचार लेख्ने पत्रकारले थप खुलासा गरेका छन् । टाइम म्यागाजिनका राष्ट्रिय सुरक्षा सम्बाददाता जोन वालकोटले सोमबार सीएनएन टेलिभिजनसँगको कुराकानीका क्रममा थप खुलासा गरेका छन् ।

यस अगाडि पनि ट्रम्पले नेपाललाई निपल र भुटानलाई बटन भनेर गलत उच्चारण गरेका थिए ।

‘साच्ची नै ट्रम्पले त्यसो भनेका हुन् त ?’  सीएनएनका पत्रकार बु्रक बाल्डवीनले वालकोटलाई सोध्दा वालकोटले भने – ‘सिरियस्ली ।’  कुराकानीका क्रममा वालकोटले शनिबार टाइम म्यागाजिनमा प्रकाशित आफ्नो आलेखबारे छलफल गरेका थिए ।

जब ब्रिफिङमा नेपाल विगतमा भारतको भाग नरहेको र एक स्वतन्त्र राष्ट्र रहेको बताइएको थियो, ट्रम्पले रिसाएर अर्कोतिर लागेको पनि वालकोटले खुलासा गरेका छन् । ट्रम्पलाई सच्याउन खोज्दा उनी प्राय यसरी नै रिसाउने गरेको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विगतमा स्पीकर पल रायनले हेल्थ केयरबारे बताउन खोज्दा ट्रम्प अर्कै कोठामा गएर टेलिभिजन खोलेर बसेको प्रसंग ह्वाइटहाउसका पूर्व कर्मचारी क्लिफ सिमले लेखेको पुस्तकमा उल्लेख छ ।  त्यस्तै नामिबियालाई ट्रम्पले राष्ट्रसंघकै सम्बोधनमा नाम्बिया भनेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com