आजदेखि फेसबुक १५ बर्षमा


प्रकाशित मिति : माघ २१, २०७५ सोमबार

सन् २००४ को फरबरी ४ मा स्थापना गरिएको फेसबुक आजदेखि १५ बर्षमा प्रवेश गरेको छ । मार्क जुकरबर्गले इडुआर्डो साभरिन, एन्ड्रयु म्याककोलुम, डस्टिन मोस्कोभिज र क्राइस ह्युग्ससँग मिलेर फेसबुकको स्थापना गरेका हुन् ।

फेसबुकका हाल २ अर्ब २० करोड भन्दा बढी सकृय प्रयोगकर्ताहरु रहेका छन् भने एलेक्सामा विश्वमा सबैभन्दा बढी हेरिने वेवसाइटको सुचीमा फेसबुक तेश्रो नम्बरमा रहेको छ । एलेक्सा सुचीमा पहिलोमा गुगल र दोश्रोमा युट्युब रहेको छ ।

समय अनुशार नयाँ नयाँ विशेषताहरु थप्दै र परिमार्जित गर्दै गएको फेसबुक बेलाबेलामा तथ्यांक चोरी र अन्य कारणले विवादमा आउने गरेको छ । गलत समाचारको प्रशारण रोक्न नसक्दा र फेसबुकको दुरुपयोग रोक्न नसक्दा फेसबुकको चर्को विरोध समेत हुने गरेको छ ।

फेसबुकका संस्थापक मध्येका एक क्राइस ह्युग्ससँग खसोखासका प्रधानसम्पादक किशोर पन्थी । फोटो : सूर्य थापा

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com