अष्ट्रेलियामा बस्ने नेपाली विद्यार्थीहरुले ल्याए सत्य घटनामा आधारित म्युजिक भिडियो ‘विद्यार्थी’


प्रकाशित मिति : माघ २१, २०७५ सोमबार

अष्ट्रेलियामा बस्ने नेपाली विद्यार्थीहरुले सत्य घटनामा आधारित म्युजिक भिडियो सार्वजनिक गरेका छन् । संजय सेन्चुरी, कपिल सापकोटा, सागर कुँवर, नविन, नीरज शर्मा, अक् जी थिङ्ग लगायतको समूहले ल्याएको उक्त म्युजिक भिडियो मेलबर्नमा छायांकन गरिएको हो ।

कपिल सापकोटा र नविनले लेखेको उक्त गीतमा गीतकार कपिल सापकोटाको नै स्वर रहेको छ । गीतकार तथा गायक सापकोटा विद्यार्थी भिसामा अष्ट्रेलिया आएका हुन् । सापकोटा लगायतको यस म्युजिक भिडियो निर्माण समूहले आफूहरुले विद्यार्थीको रुपमा अष्ट्रेलियामा भोगेको र देखेको कुराहरुलाई नाटकको रुपमा म्युजिक भिडियोमा उतारेका छन् । म्युजिक भिडियोको कथालाई सापकोटा र सागर कुँवरले लेखेका हुन् भने भिडियोमा कुँवरको नै मूख्य अभिनय रहेको छ ।

म्युजिक भिडियोलाई संजय सेन्चुरीले छायांकन, निर्देशन तथा सम्पादन गरेका हुन् । विद्यार्थी भिसामा अष्ट्रेलिया आएका सेन्चुरीले बाबा फिल्म्स मार्फत म्युजिक भिडियो निर्माण कार्यलाई निरन्तरता दिइरहेका छन् । यस म्युजिक भिडियो ‘विद्यार्थी’ लाई पनि बाबा फिल्म्सले नै बजारमा ल्याएको हो ।

कपिल सापकोटाले निर्माण गरेको यस म्युजिक भिडियोलाई gennuine educatin visa servicesले यसलाई मूख्य प्रयोजन गरेको छ ।

Himalayan Kangaroo

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com