ट्रम्पले भने -‘मलाई थाहा छ, नेपाल भारतकै भाग थियो’


प्रकाशित मिति : माघ २०, २०७५ आईतबार

दक्षिण एसियाबारेको खुफिया ब्याख्यामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई विगतमा भारतकै भाग रहेको बताएका छन् । टाइमका लागि जोन वालकोटले समाचार प्रकाशित गरेका छन् ।

टाइम म्यागाजिनका अनुशार ट्रम्पका सल्लाहकारले दक्षिण एसियाबारेको ब्याख्याका क्रममा दक्षिण एसियाको नक्सा ल्याएर ट्रम्पलाई देखाएका थिए । जसमा अफगानिस्तानदेखि बंगालादेशसम्मका मुलुकहरुको नक्सा रहेको थियो ।

त्यसपछि ट्रम्पले नक्सातिर देखाउँदै ‘मलाई थाहा छ नेपाल भारतकै एउटा भाग थियो’ भनेको खुफिया अधिकारीलाई उद्धृत गर्दै टाइमले प्रकाशित गरेको छ । तर खुफिया अधिकारीले ट्रम्पलाई नेपाल भारतको भाग नरहेको र विगतदेखि नै एउटा स्वतन्त्र देश भएको बताएका थिए ।

भुटानलाई ट्रम्पले भारतकै भाग रहेको बताएका थिए । तर अधिकारीले भुटान भारतको भाग नरहेको बरु एउटा स्वतन्त्र अधिराज्य रहेको बताएका थिए । गत अगस्तमा पोलिटिकोले ट्रम्पले नेपाल र भुटानको नाम गलत तरिकाले उच्चारण गरेको समाचार प्रकाशित गरेको थियो । ट्रम्पले नेपाललाई निपल र भुटानलाई वुटन उच्चारण गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com