अष्ट्रेलियामा ‘नो पार्किङ्ग’ गरेको ठाउँमा प्रहरीको गाडी पार्किङ्ग गरेपछि जरिवाना


प्रकाशित मिति : माघ २०, २०७५ आईतबार

अष्ट्रेलियामा हरेक नियम तथा कानुनलाई कडाइका साथ लागू गरिन्छ । यसको उदाहरण पछिल्लो समय पर्थमा घटेको एक घटनाले समेत दिएको छ ।

अष्ट्रेलिया डेको समयमा परेडका कारण कतिपय सडकमा ‘नो पार्किङ्ग’ एरिया घोषित गरिएको थियो । परेडको लागि गाडी लिएर आउने र पार्किङ्ग गर्ने मानिसहरु पनि थुप्रै थिए । यसैक्रममा उक्त नो पार्किङ्ग एरियामा प्रहरीको एउटा गाडी पार्किङ्ग गरियो ।

नो पर्किङ्ग एरिया तोकिएको ठाउँमा पार्किङ्ग गरिएको भन्दै प्रहरीको उक्त गाडीमा दुई सय डलरको फाइन गरियो । त्यो समयको तस्बिर अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । नियम मिच्ने हरेकलाई समान तरिकाले व्यवहार गरेको भन्दै जरिवाना लिने ती अधिकारीको धेरैले प्रशंसा गरिरहेका छन् । केहीले भने प्रहरीले तिर्ने त्यो जरिवाना पनि साधारण व्यक्तिले तिर्ने करको पैसा नै भएको भन्दै टिप्पणी गरिरहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com