विदेशी कामदारमाथिको दलाली नियन्त्रण गर्ने तयारीमा जापान


प्रकाशित मिति : माघ १९, २०७५ शनिबार

विदेशी कामदार माथिको दलाली नियन्त्रण गर्न जापान सरकारले कडा नियम ल्याउने भएको छ । जापानमा जागिरको खोजीमा रहेका विदेशीहरुलाई काममा लगाइदिन्छु भन्दै मोटो रकम असुल्ने त्यस्ता दलालमाथिको नियमन कडा पार्ने सरकारी योजना रहेको अधिकारीहरुलाई उधृत गर्दै जापानटाइम्स अनलाइनले आफ्नो समाचारमा लेखेको छ ।

यहि आउँदो अप्रिलदेखि जापानले विदेशी कामदारको संख्या बढाउने तयारी गरिरहँदा यस्तो नियमन गर्न लागेको हो । विदेशी दलालसँग काम गर्ने जापानी प्लेसमेण्ट एसेन्सीका लागि कडा मापदण्ड ल्याएर विदेशी कामदारको संरक्षण गर्न योजना रहेको श्रम मन्त्रालयले पेश गरेको प्रस्तावमा उल्लेख छ । सरकारी प्रयोजनमा रहेको प्राविधिक इन्टर्न कार्यक्रममा आउने विदेशी कामदारले दलालहरुबाट निकै कष्ट झेल्नुपरेको छ । यसैलाई कम गर्ने प्रयासस्वरुप सरकारले यस्तो योजना ल्याएको हो ।

उनीहरुले दलाललाई मोटो रकम दिनुपर्छ । प्रस्तावअनुसार प्लेशमेण्टल कम्पनीसँग सम्बन्धित विदेशी दलालहरुले कामदारबाट रकम असुल गरेको पाइएमा त्यस्ता कम्पनीको सम्बन्धन रद्ध गरिनेछ । जापान सरकारले त्यहाँको चरम श्रमिक अभाव कम गर्न केही विशेष क्षेत्रमा थप विदेशी कामदार भित्रयाउने तयारी गरिरहेको छ । यो योजना अप्रिलबाट लागू हुने छ ।

यहाँको श्रम मन्त्रालयका अनुसार गत अक्टुबर मसान्त सम्म जापानमा कार्यरत विदेशी कामदारहरुको संख्या १४ लाख ६० हजार रहेको जनाईएको छ । यो संख्या अघिल्लो वर्षको तुलनामा १ लाख ८० हजार अर्थात १४ प्रतिशतले बढि हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com