अष्ट्रेलियामा १२ वर्ष र १४ वर्षको उमेरमा आमा बुवा बनेका बालबालिका सौतेनी दाजु बहिनी !


प्रकाशित मिति : १९ माघ २०७५, शनिबार

अष्ट्रेलियामा १२ वर्ष र १४ वर्षमा आमा बुवा बनेका बालबालिका सौतेनी दाजु बहिनी रहेको खुलासा भएको छ । प्रहरीको अनुसन्धान पछि उनीहरु दाजु बहिनी रहेको कुरा खुलेको हो ।

अष्ट्रेलियाको पर्थमा केही दिन अगाडी १२ वर्षीय बालिकाले सन्तान जन्माएकी थिइन् । प्रहरीले ती बालिकाको नाम र अरु परिचय गोप्य राखेको छ ।

ती बालिकाले घरमा नै बच्चा जन्माएपछि उनी पील हेल्थ क्याम्पस पुगेकी थिइन् । त्यहाँ उनले आफू गर्भवती छु भन्ने नै थाहा नपाइ बच्चा जन्मिएको बताएकी थिइन् । त्यसपछि ती बालिका र उनको बच्चालाई किङ्ग एडवार्ड मेमोरियल हस्पिटल पठाईएको थियो । बच्चा स्वस्थ जन्मिएको स्वाथ्यकर्मीहरुले बताएका छन् ।

अष्ट्रेलियाको कानुनले १६ वर्ष भन्दा मुनीको व्यक्तिलाई यौन क्रियाकलापमा संलग्न हुन बन्देज गरेको छ । त्यसैले १२ वर्षकी बालिकाले बच्चा जन्माएपछि पुलिसले अनुसन्धान अगाडी बढाएको थियो । प्रहरीको अनुसन्धानबाट बच्चाको बाबु १४ वर्षीय बालक रहेको र उनी ती बालिकाका सौतेनी दाजु रहेको रहस्य खुलेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रहरीले उक्त बच्चाका बाबु आमा १६ वर्ष मुनिको उमेरमै यौन क्रियाकलापमा संलग्न भएका कारण कुनै सजाय दिने या नदिने भन्नेमा छलफल गरिरहेको छ ।

बालिकाको परिवारले बालिकालाई साथ दिइरहेको भएतापनि सामाजिक रुपले गहन मुद्दाहरु उठाईरहेको बताइएको छ । वेस्टर्न अष्ट्रेलियामा सन् १९८० देखि बालिका तथा किशोरीले बच्चा जन्माएका घटनाहरु बढ्न थालेका हुन् । तर अहिलेसम्म आइपुग्दा उक्त जन्मदर घटेको बताइएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com